जागिर छोडेर किबी खेतीमा राजेश

सुर्खेत । नेपालमा बेरोजगार युवाहरूको संख्या धेरै छ । अझै रोजगारीका लागि कति युवाहरू त बिदेसिएका पनि छन् । तर, दैलेखको भैरवी गाउँपालिकाका एक युवक भने जागिरबाट राजीनामा दिएर कृषिमा लागेका छन् । दैलेख पश्चिमको भैरवी गाउँपालिका–७ मान्मका राजेश कँडेल करिब चार वर्षको शिक्षण पेसाबाट राजीनामा दिएर गाउँमै किबी खेतीको सुरुआत गरेका छन् । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकास्थित एक निजी विद्यालयमा प्रधानाध्यापकसमेत भइसकेका कँडेल अहिले आफ्नै गाउँमा व्यावसायिक कृषितर्फ लागिरहेका छन् । कँडेलले करिब एक वर्षअघि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचका साथ शिक्षण पेसा स्थगित गरेको बताए ।

कृषि वालिविज्ञान अध्ययन गरेका कँडेलले आपूmले सिकेको कुरा व्यवहारमा लागू गर्न पाउँदा निकै उत्साहित भएको बताउँछन् । ‘पढाइको सिलसिलामा काठमाडांैको कीर्तिपुर पुगेको थिएँ । त्यहाँकोे तीन महिनाको बसाइँबाट अग्रजहरूबाट कृषि पेसामा लाग्न प्रेरणा मिलेको थियो ।’ उनले भने, ‘०७६ सालदेखि ग्रामीण एग्रो फरेस्ट्री नामको फर्म खोली किबी खेतीमा होमिएँ ।’  कँडेलले अहिले करिब दुई सय रोपनी क्षेत्रफलमा किबी तथा अन्य फलपूmलको व्यावसायिक खेती गरिरहेका छन् । करिब तीन लाख रुपैयाँको लगानीबाट सुरु गरेको व्यवसाय अहिले छोटो समयमै निकै प्रभावकारी देखिएको उनले दाबी गरे । हाल उनको गाउँको आफ्नै बारीमा रहेको नर्सरीमा, किबी ओखर लगायतका फलफूलका बिरुवाहरू रहेका छन् ।

प्रतिक्रिया