स्थानीय सरकार आएपनि स्टेचर आएन, बिरामी बोक्ने काठका डण्डी

कालिकोट । विगतदेखि बिकट मानिदै आएको कालिकोट अहिले पनि बिकट नै छ । न त सडक सञ्जालले छोएको छ, न बिरामी बोक्ने स्टेचर नै छन् । जिल्लाको महाबै गाउँपालिकामा बिरामी बोक्ने डोकोहरु दिएको स्थानिय सरकारले अहिलेसम्म स्टेचर दिन सकेको छैन ।

बिरामीहरु झन्–झन् पीडामा छन् भने अकालमै ज्यान गुमाउन बाध्य भएका छन् । जिल्लाको नहरिनाथ गाउँपालिका – ४ रुप्सामा बिरामी बोक्ने स्टेचर नहुँदा गर्भवती महिलालाई काठका दुईबटा डन्डीमा झुन्डाएर स्वास्थ्य चौकी लैजाँदै गरेको पाईयो ।

स्टेचर नहुँदा काठमा झुन्डाएर शिरक–कम्मलको सहायताले काठमा बेरेर सोही गाउँपालिका –५ रुप्साकी २३ वर्षिय मंगला सहकारीलाई स्वास्थ्य चौकीमा बच्चा जन्माउन लैजाँदै गरेको फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

गर्भवती मंगलाको पीडा देखेर होला सायद काठका दुई डण्डीहरुमा रहेकी मंगला स्वास्थ्य चौकी नपुग्दै बाटोमै छोरी जन्माईन् । यस विषयमा स्वास्थ्य चौकीका इन्चार्ज मनोज वोगटीसँग बुझ्दा स्थानीय सरकार आएदेखि वडामा स्टेचर नआएको बताए । स्थानीय सरकार नआउँदा अगाडि वडामा चारवटा बिरामी बोक्ने स्टेचर थिए ।

अहिले ति सटेचर महिला स्वास्थ्य संवमसेविकाको जिम्मा दिईएको थियो । केही स्टेचर भाँचिसकेका छन् । बिरामी ओसारपसारका लागि भरपर्दो साधन बनेको स्टेचरको करिव चार वर्षदेखि महाबै गाउँपालिकाका वडाहरु र नरहरिनाथ गाउँपालिकामा अभाव भएको हो ।

जसका कारण गर्भवती, सुत्केरी र अन्य बिरामीलाई स्वास्थ चौकीसम्म पुग्न कठिनाई हुने गरेको इन्चार्ज वोगटीले बताए । गाउँ–गाउँमा सडक पुगेर पनि भत्किसकेका छन् । ती सडकमा पुनः नयाँ बजेट बिनियोजन गरिएको छ । तर पनि सडकको काम राम्रो हुन भने सकेको छैनन् ।

जहाँ सडक छैन त्यहीँ स्थानीय तहले एम्बुलेन्स, गाडी, मोटरसाईकल खरिद गरेका छन् । बिरामीको लागि स्टेचरसम्म नहुने तर, जनप्रतिनिधिका लागि गाडीहरु छन् । गाडीहरु पनि सम्बन्धित तहमा गुडेका देखिदैनन् । बिरामी बोक्ने समेत स्टेचर नहुनु लाजमर्दो विषय भएको स्थानिय गणेश विष्टले बताए ।

उनका अनुसार स्वास्थ्य जस्तो सम्वेदनशिल विषयमा गाउँपालिकाले लापरवाही गर्न नहुँने हो । स्वास्थ संस्थामा राम्रो उपचारसम्म हुँदैन परिणाम स्वरुप सामान्य बिरामीलाई पनि उपचारका लागि जिल्ला अस्पताल पुर्याउनै पर्ने बाध्यता छ । निजी मेडिकलमा सामान्य बिरामीको मात्र उपचार हुन्छ ।

जटिल बिरामीलाई भने मेडिकलले जिल्ला अस्पतालमा रिफर गर्ने गरेका छन् । कर्णालीका सबै जिल्लामा सदरमुकाममा रहेका जिल्ला अस्पतालसम्म पुग्नै कठिन छ । यसले पनि बिरामीले समयमै उपचार पाउन सकेका छैनन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया