बैतडीमा जिप दुर्घटना हुँदा १२ जना घाइते

बैतडी । जिल्लाको पञ्चेश्वर गाँउपालिकामा जीप दुर्घटना हुदाँ १२ जना घाइते भएका छन् । घाइतेहरु उद्धारपछि स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि डडेल्धुरा अस्पताल रेफर गरिएको छ । शुक्रबार बिहान १०ः२० पञ्चेश्वर गाउँपालिका–४ आमचौराबाट कुलाउका लागि छुटेकोे से १ ज ८८८ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियो । जीपमा गाउँपालिका कर्मचारीसहित १२ जना सवार रहेका थिए । घाईतेको अवस्था खतरामुक्त रहेको स्थानीय कुलाउ स्वास्थ्य चौकीले जानकारी दिएको छ ।

घाईतेहरूलाई घट्नास्थलबाट उद्धार गरी सबैको स्थानीय स्वास्थ्य चौकी आमचौरामा सामान्य उपचार पश्चात थप उपचारका लागि शुक्रबार १२ः०० बजे डडेल्धुरा अस्पताल रेफर गरेको प्रहरीले जानकारी दिएको छ । घाइते सबै खतरामुक्त रहेको स्थानीय स्वास्थ्य चौकीले जानकारी दिएको छ । दुर्घटना भएको सडक गाउँपालिकाले एक वर्षअघि निर्माण गरेको थियो । ग्रामीण सडकमा यातायात सञ्चालन गर्ने कानुनी रुपमा अनुमति दिईएको छैन ।

प्रतिक्रिया