घरमा आगलागी हुँदा बाजुरामा एकलाख बढीको क्षती

बाजुरा । स्वामीकार्तिक खापर गाउँपालिका तीन जोरुको एक घरमा आगलागी भएको छ । जोरुका जयलाल खत्रीको घरमा आगलागी हुँदा करिब एक लाख भन्दा बढिको क्षती भएको हो । आज साँझ भएको आगलागीबाट भाडाकुडा, अन्नपात र लत्ताकपडा जलेर नष्ट हुदा करीव एक लाख वारावरको क्षेति भएको स्थानिय निराजन कट्टेलले जानकारी दिए ।

खत्रीका ४ बर्षीय छोरा विशाल खत्रीले हातमा लाइटर खेलाउने क्रममा खरको छानोमा आगो सल्केर चाखुडे थला आधारभुत विद्यालय नजिकै रहेको तीन तले घरको एक तलामा आगलागी भएको बताइएको छ । अहिले स्थायानीयको सहयोगमा आगो नियन्त्रणमा लिईएको इलाका प्रहरी कायार्लय स्वामीकाितर्काका इन्चार्ज कणबहादुर घर्तिले जानकारी दिए ।

प्रतिक्रिया