प्रधानमन्त्रीका सल्लाहकार रिमाल र थापालाई कोरोना

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहाकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । दुवैले आफूलाई कोरोना पुष्टि भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् ।

उनीहरुले शुक्रबार स्वाब दिएका थिए । शनिबार रिपोर्ट आउँदा दुवैलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । उनीहरूले सम्पर्कमा आएकाहरूलाई पिसिआर परीक्षण गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया