‘बेल बटम’ को रेकर्ड

मुम्ब्ई । बलिउड अभिनेता अक्षय कुमार अनुशासित र कर्मशील कलाकारका रुपमा कहलिएका छन् । तीव्र गतिमा काम गर्ने उनले एक वर्षमा अन्य अभिनेताले भन्दा अधिक चलचित्रमा काम गर्दै आएका छन् । उनलेका काम गरेका अधिकांश चलचित्र बक्सअफिसमा निकै सफल भएका छन् ।  अभिनेता अक्षय कुमार वैश्विक महामारीको रुपमा फैलिएको कोरोना कहरका बीच लगाइएको बन्दाबन्दीमा पनि नयाँ चलचित्र निर्माणका क्रममा थुप्रै नयाँ रेकर्ड राख्न सफल भएका छन् । उनी विगत डेढ दशकदेखि १८ वर्षदेखि दैनिक ८ घण्टाभन्दा बढी समय काम गर्दै आएका थिए । तर यस पटक कोरोनाको महामारी रोक्नका लागि लगाइएको बन्दाबन्दीमा केही महिना काम गर्न पाएनन् । तर जब उनी काममा जुटे काम गर्ने समय दोब्बर बनाए । पछिल्लो जानकारीका अनुसार अक्षय लकडाउनमा सुटिङ आरम्भ गरेर लकडाउनमै समाप्त गर्ने पहिलो अभिनेता बनेका छन् ।

अक्षय अभिनीत चलचित्र ‘बेल बटम’ को निर्माण युनिटले छायांकन सकिएको घोषणा गर्दै नयाँ पोस्टर सार्वजनिक गरेको छ । ‘बेल बटम’ विश्वकै पहिलो त्यो चलचित्र हो, जसको सुटिङ लकडाउनमा सुरू भएर लकडाउनमै समाप्त भयो । यसको सुटिङ ३० सेप्टेम्बरमा सकिएको हो । कोरोनाको महामारीकै समयमा सुटिङ समाप्त गरेको बारेमा अभिनेता अक्षयले भने, ‘यो समूहमा गर्ने काम हो । म समूहका सबै सदस्यलाई धन्यवाद दिन चाहन्छु ।’ उनले सामान्य कामदारदेखि प्राविधिकसम्म सबैसँग आफूहरु कृतज्ञ रहेको सुनाए । उनले अभिनेत्री वीणा, लारा र हुमा निर्देशक रञ्जित व वासुजीप्रति पनि आभार व्यक्त गरेका छन् । उनले आफूहरुलाई र आफ्नो आइडियालाई विश्वास गरेकोमा निर्माण युनिटलाई समेत धन्यवाद दिएका छन् ।

अभिनेता अक्षयले असामान्य परिस्थितिले फरक तरिकाले कल्पना गर्न बल पु¥याएको बताए । उनले भने, ‘मलाई आशा छ कि यसले विश्वव्यापी फिल्म उद्योगलाई प्रोत्साहित गर्नेछ ता कि उनीहरूले आफ्नो काम उत्तम तरिकाले गरेर आम जनतालाई मनोरञ्जन गर्न सक्नेछन् ।’ चलचित्रको नयाँ पोस्टर सार्वजनिक गर्दै अक्षयले चलचित्र निर्माण सामूहिक काम भएकाले सबैको मिहिनेतले चलचित्रको काम कठिन परिस्थितिमा पनि सम्पन्न गर्न सकिएको बताए । उनले भने, ‘एक्लै हुँदा हामी एकदम कम काम गर्न सक्छौं, समूहमा हामी धेरै गर्न सक्छौं । यो टिम वर्क हो र म अभिनय गर्ने र अन्य सबै क्षेत्रमा काम गर्न सबै टिमका सदस्यप्रति धेरै आभारी छु ।’ यो चलचित्र अप्रिल २०२१ मा सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ ।

प्रतिक्रिया