‘तलाश’ बन्दै

काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्मस्को ब्यानरमा चलचित्र ‘तलाश’ बन्न लागेको छ । दिनेश लिङ्देन र हस्त लिवाङको संयुक्त निर्देशन हाल पूर्वी नेपालका विभिन्न स्थानमा छायांकन भइरहेको छ । समसामयिक विषयको कथा चलचित्र बनेको निर्देशक लिङ्देनले बताए । लेखक समेत रहेका लिङ्देनले चलचित्रमा महिला हिंसाको विषयसमेत समेटिएको जानकारी दिए ।

चलचित्रमा एलिना बासकोटा, राजकुमार लिङ्देन, अजय खडका, हस्त लिवाङ, विमल ढुङ्गेल, सोम लामा, विमला खजुम, मुकेश कालिकोटे, बबिता फोम्बो, दावा शेर्पा, सागर केरुङ, विक्रम धिमाल, रिना केसी, मिङ्मा शेर्पा, कल्याण किराती राई, पुन्य ओझा लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रमा रोशन बान्तवाको संगीत, विक्रम डिसीको छायांकन, पुन्य ओझाको द्वन्द्व, दिनेश माङमुको नृत्य तथा नरेन्द्र सेन्दाङ र दिनेश लिङ्देनको गीत छ ।

प्रतिक्रिया