‘भो नसुत डा. केसी !’

– लिला बल्लभ नेपाल, बिराटनगर

भ्रष्टाचारी, तस्करको अखडामा निशास्सिएको शहरमा
निर्दालाई मुर्दा बनाएर कुटिन्छ यहाँ,
के गर्छौ र डा. केसी तिम्रा शरिरका रौ हरु
पलपल गनि गनि लुटिन्छ यहाँ,
तिमी नखाएर सुत्छौ त के भो
यहाँ डकारेर सुत्नेहरुकै इज्जत छ,
भो नसुत अब घुम्ने मेच माथी डा. केसी
तिमी बलिको बोको बन्ने निश्चित छ,
यो देशका काकाहरुलाई तिमी मरेकै मा फाइदा छ,
भो नसुत अब निर्दाहरुको पक्षमा,
उठ जुरुक्क डा। केसी जाउँ तिमी जनताको माझमा
अनि उठाउ निमुखाले जीवन जीउने एजेण्डाहरु,
तिमीलाई स्वागत गर्न पर्खिरहेछ गरिबको झुपडी,

म गरिबको छोरो कसरी डाक्टर बन्न सकुँला र डा। केसीरु
डाक्टर बन्न त धनिको कोखमा पो जन्म लिनु पर्छ हैनर रु
तिम्रो इमानले यो देश चल्ने भए
बेइमानले भिखारी बनेको कहाँ सुहाउँछ र यहाँ,
भो नसुत डा। केसी तिम्रो इमानको खरानी
दलिसके चण्ड मुण्डहरुले त्यो सुकिलो अनुहारमा,
तिमी भीरको चिचिण्डो बन्नु अघीनै उठ जुरुक्क डाक्टर केसी
शहरका भाग्यले ठगिएकाहरुलाई तिम्रो खाँचो छ,
तिम्रो अस्तित्व मेटिदा गरिबको अस्तित्व अवश्य डग्मगाउने छ,
तिमी उठेनौ भने म कसरी डाक्टर बनुँला र
त्यसैले त तिमीलाई स्वागत गर्न पर्खिरहेछ गरिबको झुपडी ।

प्रतिक्रिया