अभिताभले गरे अंगदान

मुम्बई । ७७ वर्षीय चर्चित बलिउड अभिनेता अभिताभ बच्चनले आफ्ना अंगदान गरेका छन् । अमिताभले मंगलबार राती ट्वीटरमार्फत अंगदान गर्ने संकल्प लिएका हुन् । उनले ट्वीटरमा आफ्नो एक तस्बिर सेयर गरेका छन्, जसमा हरियो रङको रिबन लगाइएको छ ।

जुन रिबन अंगदानको संकल्पको प्रतीक हो । उनले ट्वीटरमा लेखेका छन्, ‘मैले अंगदान गर्ने प्रतिज्ञा गरेको छु, त्यसैले यसको शुद्धताका लागि हरियो रिबन पनि लगाएको छु ।’ उनको यो निर्णयको सामाजिक सञ्जालमा चौतर्फी रुपमा प्रशंसा गरिएको छ ।

प्रतिक्रिया