सल्यान अस्पतालसहित दुई गाउँपालिका सिल

सल्यान । सल्यान अस्पतालसहित दुई गाउँपालिका सिल गरिएको छ । गाउँपालिका अध्यक्षसहित २० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि २० असोजसम्म सिल गरिएको हो । कर्णाली प्रदेश अस्पताल, पशुपंछी रोग अनुसन्धान प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा त्रिवेणी गाउँपालिकाका अध्यक्ष र कर्मचारीसहित तीन जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि त्रिवेणी गाउँपालिका सात दिनका लागि सिल गरिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै छत्रेश्वरी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतसहित १५ जनामा कोरोना संक्रमण पुष्टी भएपछि छत्रेश्वरी गाउँपालिकाको वडा–६ सिल गरिएको छ । कोरोना संक्रमण रोकथाम तथा संक्रमितहरूका सम्पर्कमा आएका व्यक्तिहरूको स्वाब संकलन गर्न तथा संक्रमण न्यूनीकरण गर्नका लागि सात दिनका लागि सिल गरिएको छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले जानकारी दिए ।

गाउँपालिकामा अत्यावश्यक कामबाहेक अन्य सबै कार्यालयहरू बन्द गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै सल्यान अस्पतालमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा दोस्रोपटक आकस्मिक बाहेकका सबै सवोहरू अनिश्चितकालीन बन्द गरिएको छ । अस्पतालमा जोखिम न्यूनीकरण गरी स्वास्थ्य सेवा व्यवस्थापन गर्नका लागि अस्पतालमा आकस्मिकबाहेक सबै सेवाहरू बन्द गरिएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक भीमकान्त जैसीले जानकारी दिए ।

सल्यानमा हालसम्म ३ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा हालसम्म ३ सय ४ जना निको भएर घर फर्किसकेका छन् भने ९४ जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ । कोरोना संक्रमणका कारण हालसम्म जिल्लामा अहिलेसम्म मृत्यु भने भएको छैन ।

प्रतिक्रिया