अशोक लेलैण्ड र एनएमबि बैंकबीच सहकार्य

काठमाडौं । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र एनएमबि बैंक बिच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट चिफ बिजनेश अफिसर सुदेश उपाध्याय र आईएमई मोटर्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकले एनएमबि बैंकबाट योग्य व्यक्ति तथा संस्थालाई परिपत्र तथा सहुलियतपूर्ण कर्जा लगानी गर्न एवं ब्याज अनुदान सम्बन्धि समझौतापत्रमा हस्ताक्षर भएको पनि बैकले जनाएको छ । बैंकको नीति अनुसार ग्राहकलाई भारतीयाकम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रिवितरण गरिएका डस्ट मोडलका सबै सवारी साधन खरिद गर्नका लागि बिना धितो कम्तिमा खरिद मूल्यको ६० प्रतिसत सम्मको सहुलियत पूर्ण कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको पनि बिज्ञप्तिमा उल्लेख छ । यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका अन्यसवारी साधनमा पनि बैंकको नीति िनयमभित्र रही कर्जा प्रवाह गर्ने उल्लेख छ ।

यो सुविधाले आगामी दिनमा ग्राहकलाई कर्जा सुविधा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ । कर्जा सुविधा मात्र नभई दुवै कंपनी बिच संयुक्त रुममा ब्राण्ड जागरका लागि विभिन्न कार्यक्रममा सहभागिता भई अघि बढ्ने पनि सम्झौतामा उल्लेख छ । रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । रेमिटेन्स, बैंकिग, इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप कार्यरत रहेको पनि विज्ञप्तिमा छ ।

प्रतिक्रिया