खोजखबर

आज देशभर थपिए १ हजार ५१३ जना संक्रमित, निको हुने ७३१

सौर्य अनलाइन २०७७ असोज १३ गते १६:२३ मा प्रकाशित

काठमाडौं । मंगलबार देशभर १ हजार ५१३ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज १ हजार ५१३ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै देशभर कुल कोरोना संक्रमित संख्या ७६ हजार २५८ जना पुगेको छ । पछिल्लो पटक मंगलबार जना संक्रमित थपिएका हुन् । यसैगरी ५५ हजार ३७१ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा ७३१ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा. गौतमले बताए । यही संक्रमित मध्येबाट ४९१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको हो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय