निसानको दसैंतिहार तथा छठ अफर

काठमाडौं । निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाडपर्वको अवसरमा‘निसान धमाकेदार दसैंतिहार तथा छठ अफर’उपहार योजना ल्याएको छ ।

यस अफरअन्तर्गत ग्राहकले शून्य प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्नेछन् । यसका साथै नौ महिनासम्मको ईएमआई पनि कम्पनीले नै तिरिदिने बताइएको छ । सो अफर नलिएको खण्डमा बढीमा २० लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । यसका साथै ३६लाख रुपैयाँबराबरको रेडमी नोट ९ प्रो म्याक्स मोबाइल फोन प्राप्त गर्नेछन् ।

यो योजनाअन्तर्गत ग्राहकले हरेक निसान गाडीको खरिदमा ५० हजारसम्मको फ्र्रि एसेसोरिज, एक वर्षको निःशुल्क बिमा, १० वर्षसम्मको फाइनान्सिङ, बास्क हाइ प्रेसर वासर, तीन वर्षको वारेन्टी, तीन वर्षसम्म फ्रि सर्भिसिङ, लोयल्टी बोनस, चालू आवको सडक कर र स्पट एक्सचेन्जको सुविधा पनि लिन सक्नेछन् ।

प्रतिक्रिया