खोला खोल्सी सार्वजनिकः बिक्रमजंगले गरे बाल आश्रमलाई सहयोग

काभ्रे । बहुप्रतिभाका धनी बिक्रमजंग शाहले आफ्नो बहुप्रतिक्षित गीत ‘खोला खोल्सी हे माया….’ को सार्वजनिक भएको अवसरमा सुलेमान शंकर ‘इकु’ ले बालबालिकाको लागि संचालन गरेको स्नेहा आश्रमलाई आर्थिक सहयोग गरेका छन् । लामो समयदेखि निरन्तर कलाकारिता गर्दै आएका चलचित्र निर्माता, गायक तथा सर्जक बिक्रमजंग शाहको पछिल्लो सिर्जना जनजिब्रोमा झुण्डिने टिकटकमा समेत लोकप्रिय भइसकेको लोक तथा दोहोरी गीत ‘खोला खोल्सी हे माया… ’ एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । सो कार्यक्रममा शाहले स्नेहा आश्रमका संचालक सुलेमान शंकरलाई घर भाडा बापत रु २५ हजारको चेक हस्तान्तरण गर्दै ‘खोला खोल्सी हे माया…’ को युट्युव भिडियोको रोयल्टीबाट समेत २० प्रतिशत आश्रमलाई प्रदान गर्ने घोषणा गरेका छन् । उक्त बाल आश्रममा हाल १४ बालबालिका आश्रित रहेका छन् ।

समाजसेवामा समेत सक्रिय शाहले यस अघि पनि समाजसेवामा उल्लेख्य कर्म गरिसकेका छन् । लोक संगीतको क्षेत्रमा नवीनतम प्रस्तुती ‘खोला खोल्सी हे माया….’ आम लोक पारखीहरुको लागि उत्कृष्ट कोसेली हुन सक्ने शाहको भनाइ छ । शाहको शब्द रहेको गीतमा अमृत खातीले संगीत भरेका छन् भने शाह र सिर्जु अधिकारीले स्वर दिएका छन् । उक्त गीतको भिडियोमा उत्कृष्ट कलाकारहरुको आकर्षक अभिनयका साथमा सिन्धुली दुम्जाका आसपासका प्राकृतिक सुन्दरतालाई समेटिएको छ ।

‘खोला खोल्सी हे माया…’ बोलको गीत यो मीठो गीतको भिडियोमा बिक्रम जंग शाह, सिर्जु अधिकारीको साथमा चर्चित मोडलहरु सन्जिब ठकुरी, रिना थापा, गोबिन्द गौतम, सलिना कार्की, सुबास बजगाईं, उषा सुबेदी, राज गिरी, मालती घले, बिबस बस्नेत, वर्षा तामाङ्ग, बिनोद तामाङ्ग, ऋतु तामाङ्ग, रामकुमार नेपाली, सन्ध्या सानु, अमृत खाती र आशिका खातीको आकर्षक अभिनय रहेको छ । भिडियोलाई निर्देशन शिशिर बुढाथोकीले गरेका छन् ।

कमल सौरागको एरेन्ज, सागर गौतमको छायांकन र मनोज कार्कीको सम्पादन रहेको भिडियोमा प्रिया कार्की केश सज्जा तथा मोहन लामाको श्रृंगार रहेको छ । भिडियो सार्वजजिक हुनु अगावै चर्चा बटुल्न सफल भइसकेका यस गीले टिक टकमा समेत चर्चाको शिखरमा रहेकोले भिडियोले झनै आम नेपाली लोक पारखीको मन जित्नेमा सर्जक शाह ढुक्क देखिन्छन् ।

 

https://youtu.be/r7QwTp_6cVA

 

प्रतिक्रिया