अर्थबजार

सुजुकीको पर्वोत्सव योजना

सौर्य अनलाइन २०७७ असोज १२ गते ७:०३ मा प्रकाशित

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सुजुकी पर्वोत्सव अफर ल्याएको छ । दसैं–तिहार लक्षित योजना अन्तर्गत ग्राहकले तीन लाख ५० हजार रुपैयाँ बराबरको नगद छुट, दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, न्यूनतम २० प्रतिशत डाउनपेमेन्ट, १ वर्षको सवारी बिमा र गाडीका एसेसेरिज निःशुल्क पाउनेछन् । साथै कुनै पनि व्यक्तिले अरुलाई सुजुकी अल्टो, एस्प्रेसो तथा सुपर क्यारी खरिद गर्न सल्लाह दिई बिक्री कारोबार भए आकर्षक नगद पुरस्कार पाइने कम्पनीले जनाएको छ ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३६ वटै सोरूममा लागु हुनेछ । सुजुकी ब्रान्डले अल्टो, एस्प्रेसो, सेलेरिओ एक्स, वागेन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजाएर, सिआज, ब्रेज्जा, एस्क्रस, एर्टिगा, एक्स्एलसिक्स, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेल बिक्री गर्दै आएको छ । यो योजना सीमित अवधिका लागि मात्र रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय