चलचित्रमा बेरोजगारको पीडा

काठमाडौं । कोरोना कहरपछि बढ्दो बेरोजगारको विषयमा केन्द्रित रही निर्माण गरिएको चलचित्र ‘बेरोजगारको पीडा’ सार्वजनिक गरिएको छ । हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै समाजमा परेको बेरोजगारीको विषयमा चलचित्रमा उतारिएको लेखक तथा निर्देशक रोमियो एन के (नितिन) ले बताए ।

गान्धिभ प्रोडक्सन र एल एण्ड एन मोडल एजेन्सीले तेस्रो छोटो चलचित्र ‘बेरोजगारी पीडा’ निर्माण गरेको हो । निर्देशक रोमियोले भने, ‘हामी सम्पूर्ण काम र कामदारलाई सम्मान गर्नुपर्दछ’ भन्ने मूल नाराका साथ उक्त चलचित्र बनाएका हौं ।’ चलचित्रमा कलाकार गान्धिभ सुवेदी, मनिषा लकान्द्री, नुर भण्डारी, निशा कार्की, रेणु थापा, बाल कलाकार लक्क्ष कर्ण तथा निर्देशक रोमियोको अभिनय छ ।

दीपक अधिकारीको छायांकन तथा सम्पादन रहेको उक्त चलचित्रमा एलिजा महर्जनले शृंगार रहेको छ । कोरोनाका कारण लगाइएको बन्दाबन्दी खुकुलो भएसँगै उक्त चलचित्र सामाजिक दुरी कायम गर्दै ग्वार्को इमाडोलस्थित आगन पार्टी भेन्यु एण्ड रेस्टुरेन्टका साथै आसपासका क्षेत्रमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्रलाई गान्धिभ सुवेदी नामक युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

प्रतिक्रिया