खोजखबर

‘बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गरौं’

सौर्य अनलाइन २०७७ असोज ११ गते २०:३४ मा प्रकाशित

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने प्रस्ताव गरेका छन्। जुनसुकै शासन व्यवस्था आए पनि बलात्कार जस्तो जघन्य घटना नरोकिएको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिने गरी कानुन ल्याउनुपर्ने प्रस्ताव गरेका हुन् ।

कञ्चनपुरकी बालिका निर्मला पन्त र बझाङकी बालिका सम्झना बिकको बलात्कारपछि हत्या भएको घटना स्मरण गर्दै अब यस्तो अपराधमा संलग्‍नलाई कडा सजाय दिनुपर्ने कुरा उनले सामाजिक सञ्‍जालमा गरेका हुन् । उनले राजनतन्त्रकालमा नमिता–सुनिताको पनि बलात्कार गरेर हत्या गरिएको स्मरण गरेका छन्।

‘राजतन्त्रकालका नमिता–सुनितादेखि गणतन्त्रकालका निर्मला –सम्झना विकसम्मको बलात्कार–हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टि भइसक्यो’ उनले भनेका छन्, । अब यसो गरौं, अपराधी नपक्रने–मुद्दा ठीक नलगाउने जिम्मेवार पदाधिकारीलाई कारवाही जरुरी छ। अदालतमा छुट्टै बेन्चको स्थापना गरेर अपराधीलाई मृत्युदण्डको व्यवस्था गरौं।’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय