आज थपिए १ हजार ५७३ जना संक्रमित, निको हुने ८८५ जना

काठमाडौं । आइतबार देशभर १ हजार ५७३ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज १ हजार ५७३ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ७३ हजार ३९४ जना पुगेको छ । पछिल्लो पटक आइतबार १ हजार ५७३ जना संक्रमित थपिएका हुन् । यसैगरी ५३ हजार ८९८ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा ८८५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा. गौतमले बताए । यही संक्रमित मध्येबाट ४७७ जनाको मृत्यु भएको छ । उनका अनुसार पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको हो ।

प्रतिक्रिया