खै जनताको सेवक बनेको ?

डा. डिआर उपाध्याय

बुढाहरूले राजनीति छाडे समुन्नत राष्ट्र र समृद्ध देश बन्छ । नेपाल कम्युनिस्ट पार्टी एमाले छँदा ७० वर्षभन्दा माथिका नेताहरूले अवकाश लिने उक्त पार्टीको महाधिवेशनले नै निर्णय गरेको थियो । पछि नेपाल कम्युनिस्ट पार्टी एकीकृत माओवादीसँग एकता गरेर नेपाल कम्युनिस्ट पार्टी बनेपछि भने उक्त बुँदा हटाइयो । नत्र भने ७० नाघेका नेता संविधान परिवर्तन गरेर प्रधानमन्त्री बन्ने कि राष्ट्रिय सभामा गएर उपप्रधानमन्त्री बन्ने भन्ने सवाल उठने थिएन ।

 

नेपालको राजनीति सही ढंगले अघि बढ्न सकेको छैन । जनताका समस्या हिजो जस्तो थियो आज पनि त्यस्तै छ । जनताले परिवर्तनबाट के पाए ? अहिलेको यो गम्भीर प्रश्न हो । राजनीति दल र तिनका नेताहरू परिवर्तनपछि सम्पन्न र धनी बनेका छन् । तर, जनता झन् पछि झन् गरिब बन्दै गएका छन् । के यही हो लोकतन्त्र ? लोकतन्त्रमा जनतामाथि शासन गर्ने होइन, जनताको सेवक बन्ने हो । खै जनताको सेवक बनेको ? देशमा तीन तहका सरकार छन् तर तीनै तहका सरकारले जनतामाथि शासन गरिरहेका छन् । जनताको सेवा गर्न सकेको छैन । जनताले सरकारबाट धेरै आश गरेका थिए । तर जनताको आशा बमोजिम सरकारले काम गर्न सकेन । स्थानीय सरकारबाट त झन् जनताले धेरै अपेक्षा राखेका थिए । स्थानीय सरकारबाट पनि जनता आजित छन् । भ्रष्टाचार बढेर गएको छ । जनप्रतिनिधि र कर्मचारी मोटाउँदै गएका छन् । जनता पीडामाथि पीडामा छन् । यसरी देश बन्दैन । देश बनाउन सबैको त्याग र इच्छाशक्ति चाहिन्छ ।

यो देशमा यति धेरै परिवर्तन भयो तर जनताका लागि केही भएन । यो नै बिडम्वना हो । जनता भोकै छन्, गरिब किसानको अवस्था झन् पीडादायक छ । नेपालमा बुढा नेताले देश बिगारे, राजनीतिमा युवाको बाहुल्य हुनुप¥यो । विशेषगरी नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीले यो विषयमा सोच्न जरुरी छ । महाधिवेशनका पूर्वसन्ध्यामा यो विषयले भीषण रूप लिने गर्छ । तर, त्योभन्दा पहिला यो विषय किन ओझेल पर्छ ? उमेर ढल्केकाहरूले विश्राम लिँदा भयो नि । किन लिँदैनन् ? पार्टी र सरकारका काममा युवालाई प्राथमिकता दिए राम्रो । यो आवाज जोडतोडका साथ उठेको छ । ६० वर्षभन्दा माथिकाले राजनीतिबाट सन्न्यास लिए भने देश बन्छ । नेपालको राजनीति, आर्थिक अवस्था र विकासको गतिले छुट्टै मोड लिन्छ । नेपाल र नेपालीका दुःखका दिन सकिन्छन् । बूढाहरूले राजनीति छाडे समुन्नत राष्ट्र र समृद्ध देश बन्छ । नेपाल कम्युनिस्ट पार्टी एमाले छँदा ७० वर्षभन्दा माथिका नेताहरूले अवकाश लिने उक्त पार्टीको महाधिवेशनले नै निर्णय गरेको थियो । पछि नेपाल कम्युनिस्ट पार्टी एकीकृत माओवादीसँग एकता गरेर नेपाल कम्युनिस्ट पार्टी बनेपछि भने उक्त बुँदा हटाइयो । नत्र भने ७० नाघेका नेता संविधान परिवर्तन गरेर प्रधानमन्त्री बन्ने कि राष्ट्रिय सभामा गएर उपप्रधानमन्त्री बन्ने भन्ने सवाल उठने थिएन । उक्त प्रावधान रहिरहेको भए धेरै नेताहरूले घरमा बसेर घाम तापिरहेका समाचार पढ्न पाइन्थ्यो ।

नेपाली कांग्रेसमा पनि त्यस्तै समस्या छ । महाधिवेशनको संघारमा युवालाई नेतृत्व प्रदान गर्नुप¥यो भन्ने आवाज जोडतोडका साथ उठ्ने गर्छ । तर, व्यवहारमा कार्यान्वयन छैन । नेपाली कांग्रेसमा अहिले पनि त्यही पुनरावृत्ति भइरहेको छ । युवा नेताहरूले पाका नेताहरूलाई थर्काउने त गरेका छन् । यो राम्रो पक्ष हो । युवाले नेतृत्व गर्नुपर्ने धारणा व्यक्त गर्दै सामाजिक सञ्जाल तताइरहेका छन् ।

पार्टीको नेता या सरकारमा रहने व्यक्ति युवा नै चाहिन्छ । यो अहिलेको आवश्यकता हो । नेताको चरित्र कस्तो छ ? उसले कस्ता काम गर्छ ? उसको विचार कस्तो छ ? त्यसमा ध्यान केन्द्रित गरौँ । संयुक्त राष्ट्रसंघले त १५ देखि २४ वर्षका मानिसलाई मात्र युवा मान्दछ भने नेपालमा भने १६ देखि ४० वर्षकालाई युवा मानिन्छ । देशैपिच्छे युवाको वर्गीकरण फरकफरक पाइन्छ । अहिले युवामा नेतृत्व सर्नुप¥यो भनेर कराउनेहरू धेरै छन् । त्यसैले यो माग भनेको युवामा नेतृत्व हस्तान्तरण हो ।

युवाशक्ति भनेको संसारको सबैभन्दा ठूलो शक्ति हो । यो शक्ति अजय शक्ति हो । युवाको कर्तव्य भ्रष्टाचारलाई चुनौती दिनु हो । युवामा नेतृत्व हस्तान्तरण हुनुपर्छ । यो देशलाई नयाँ विचार दिन सक्ने युवाको खाँचो छ ।  राजनीति विचारले चल्ने कुरा हो, जो निरन्तर विचारको प्रक्रियामा छ, ऊ नै सफल नेता हो । राजनीति भनेको त जनताको सेवा गर्ने नीति हो । राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्ने नीति हो । राजनीतिलाई कसैले मागी खाने भाडो बनाएका छन् । यो नै समस्या हो । राजनीतिलाई सेवाभावले अघि बढाउने कोशिस नेताहरूले गरुन् भन्ने हाम्रो भनाइ हो । जनताका अपेक्षा बढ्दै छन् । जनताका माग सम्बोधन गर्ने सरकारको कर्तब्य र दायित्व पनि हो । सरकार अब गतिका साथ अघि नबढे समस्या आउनेवाला छ । कानमा तेल राखेर बस्दैमा जनताका समस्या समाधान कसरी होला र ? शासकहरूको यो सोचाइ गलत छ ।

०४८ सालदेखि अहिलेसम्म नेपाली कांग्रेस र नेकपामा उनै नेताको नेतृत्व हुनु र मुलुकको मुहार फेरिन नसक्नुले यो आवाजलाई टेवा दिएको छ । यति हुँदाहुँदै पनि जो नेता विचार निर्माणमा शून्य छ, भ्रष्टाचारमा लिप्त छ र परिवारवादमै रमाउँछ या गुटगत स्वार्थमै केन्द्रित छ, उसको बिदाइ अपरिहार्य छ । त्यसैले स्वच्छ राजनीतिको पहल युवाहरूबाट देशले खोजेको छ । बिचौलिया र ठेकेदारको चंगुलबाट राजनीतिक दल र त्यसका नेताहरूलाई मुक्त गर्न सक्ने पुस्ताको खोजी जनताले गरिरहेका छन् । भ्रष्टाचारको कुनै पनि दाग नलागेका र निरन्तर भ्रष्टाचारको विरोध गरिरहने नेता नै आजको आवश्यकता हो । मुलुकको भविष्य सुनौलो बनाउने लक्ष्य, दृष्टि र योजनासहितको नेताहरूको आवश्यकता छ । राजनीतिलाई पेसा ठान्नेबाट मुलुकलाई मुक्त राख्नुपर्छ ।

कोभिड–१९ को महामारीले विदेशी रेमिट्यान्स करिब शून्यमा झर्ने अवस्था छ । वैदेशिक सहायता निरन्तर घट्दो छ । यही अवस्था रहिरहने हो भने अवस्था गम्भीर छ । राजनीतिक दल र तीनका नेताहरूले जनताको मन जित्न सकेनन् । नेता वा नेतृत्वकर्ता सबल एवं सक्षम भएनन् । कोभिड–१९ नियन्त्रणका लागि सरकार असफल भयो । सत्तारूढ दलका नेताहरूले जतिसुकै गफ गरे पनि जनताले पत्याएका छैनन् । कोभिड महामारी पूर्वसूचना दिएरै धेरैपछि मात्र नेपाल प्रवेश ग¥यो । सरकारले सावधानी अपनाउन सकेन ।

वर्तमान अवस्था सहज छैन । जनताका विश्वास सरकारप्रति नकारात्मक भएको छ । कोभिड–१९ नियन्त्रणका लागि कुनै ठोस कार्यक्रम सरकारले चाल्न सकेको छैन । छिमेकी राष्ट्र भारतलाई छाडेर संसारका धेरै राष्ट्रहरूले स्थिति सहज बनाएका छन् । हाम्रो देशमा खाना नपाएर भोकै मर्न लागेका पीडितहरूलाई विभिन्न मनकारी हात र सामाजिक संस्थाले पीडामा मलम लगाउने काम गरे । तर, राज्यको उपस्थिति देखिएन । जनताको पिर मर्कामा साथ नदिने राजनीतिक दल र तिनका नेताहरूलाई आउँदो निर्वाचनमा जनताले परिणाम देखाइदिनेछन् । यतिखेर जनताले धेरै सास्ती खेपिरहेका छन् । लामोसमयसम्मको लक डाउनले नागरिकको आर्थिक अवस्था खस्केको छ । अझै नागरिक महामारीको त्रासमा छन् । गरिब जनताको समस्या झन् बढदै छ । महँगीले आकाश छोएको छ । नजिकै आउँदै गरेका दसँै, तिहारजस्ता महान पर्व गरिबका लागि दशा बन्दै छ । गाडी भाडा दोब्बर भएको छ । गरिब मान्छेहरू दसँैमा आफ्नो जन्म घर जानका लागि दोब्बर गाडी भाडाका कारण समस्यामा पर्ने देखिन्छ । मर्कामा पर्ने भनेकै गरिब हो । यो विषयमा पनि सोच्ने बेला आयो । अब सरकारले गरिब जनताको विषयमा गम्भीर भएर सोच्न जरुरी छ ।

प्रतिक्रिया