एभरेष्ट बैंकका ग्राहकलाई १५ प्रतिसत छुट

काठमाडौ । एभरेष्ट बैंकले होटल अलोफ्टको सेवामा १५ प्रतिसत छुट दिने भएको छ । यस सहकार्य अन्तर्गत एभरेष्ट बैंकका ग्राहकहरुले उक्त होटलको फुड, वेभरेज र बेकरी सपमा होटेलले तोकेको स्ट्याण्डर्ड मुल्यमा १५ प्रतिसत छुट पाउने भएका हुन । हालको महामारीको स्थितिका कारण यो अफर टेक(अवे सेवामा मात्र उपलब्ध रहेको छ । अवस्था सहज भए लगतै यो अफर होटेल सेवामा पनि उपलब्ध हुनेछ ।

सम्झौता अन्तर्गत एभरेष्ट बैंकका ग्राहकले आफ्नो एटिएम वा क्रेडिट कार्डम यो छुट पाउने छन् । बैंकले सधैं ‘सर्भिस विथ स्माइल’ को भावना बोकी आफ्ना ग्राहकको फाइदा र सन्तुष्टिमा आफ्नो ध्यान केन्द्रित गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।  स्थापना काल देखि नै ग्राहकको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहक रहेका छन । यो भन्दा अघि बैंकलाई सर्वश्रेष्ठ व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो । हालसम्म बैंकको ९५ शाखा, ३१ राजस्व संकलन काउन्टर र १ सय २३ स्थानमा एटिएम रहेका छन् ।

प्रतिक्रिया