विकास निर्माणमा प्रदेशले फड्को मार्यो : मन्त्री आङवो

पाँचथर । प्रदेश–१ का अर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङवोले विकास निर्माणमा फड्को मारेको बताएका छन् । कोरोनाको कारण बन्दाबन्दीमा पनि पूर्वाधारमा प्रदेश–१ मा विकास भएको बताए ।

उनले राहातका लागि श्रम र उत्पादनलाई जोड दिने बताए ।भेटघाटको क्रममा प्रदेश–१ का आर्थिक मामिला तथा योजना मन्त्री, नेकपाका केन्द्रीय सदस्य ईन्द्र बहादुर आङवो मौसमले संघीय र प्रदेश सरकारको मन्त्रीमण्डल पूर्नगठन हुने बताए ।

पाँचथरको फिदिममा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री आङवोले उत्कृष्ट कार्य गर्ने मन्त्री रहिरहन सक्ने र केही नयाँ मन्त्रीहरु थपघट गरी मन्त्रीमण्डल पुर्नगठन हुन सक्ने बताए । यस्तै कार्यक्रममा बोल्दै भर्खर आफ्नो कार्यकाल सकेर विदाई भएका विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई सरकारले चाँडै पुनः नियुक्ति गर्न सक्ने बताए ।

उनले कोभिड १९ को कारण सरकारले लक्ष्य लिए अनुरुपको राजश्व संकलन हुन नसकेको बताउँदै यसले अर्थतन्त्रमा केही असहजता सिर्जना गरे पनि विस्तारै सहज वन्दै जाने बताए ।

पाँचथरमा खरको छानो हट्छ

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङवो (मौसम) ले आगामी दुई बर्ष भित्रमा पाँचथरमा कुनै पनि घर खर (फुस) ले छाउनु पर्ने अवस्थामा नरहने बताएका छन ।

गृह जिल्ला आइपुगेका आङवोले शुक्रवार बिहान पत्रकार सम्मेलनमा बोल्दै विपन्न परिवारका लागि राज्यले घर बनाइदिने कार्यक्रम जारी नै रहेको सोही क्रममा घर भएका तर जस्तापाता प्रयोग नभएका ठाउँमा त्यसको समेत व्यवस्था गरिने बताए ।

प्रेस संगठन पाँचथरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री आङवोले यही सरकारको पालामा आर्थिक अवस्था कमजोर भएर घर निर्माण गर्न नसकेका नागरिकका लागि जनता आवास कार्यक्रममार्फत काम भइरहेको बताए ।

जिल्लामा उक्त कार्यक्रममार्फत अघिल्लो आर्थिक वर्षमा घर सयाैँ घर निर्माण भएका थिए । अर्को प्रसंगमा बोल्दै मन्त्रि आङबोले कोभिड १९ महामारीका कारण जनस्तरका सरकारी काममा प्रभाव परेको भन्दै दिरगामी महत्व राख्ने ठुला आयोजनामा समस्या नरहेको बताए ।

यो अवधिमा सरकारले असंगठित तथा संगठित मजदुरहरुका लागि राहतको प्याकेज ल्याएकोसमेत उनले दाबी गरे । कार्यक्रममा प्रदेश संसद सिता थेवे, नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) का नेता अइन्द्र शुन्दर नेम्वाङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया