संस्थाको बार्षिकोत्सवमा अपाङ्ग सेवा केन्द्रलाई खाद्यान्न सामाग्री वितरण

काठमाडौं । लायन्स क्लब इन्टरनेशनल ३२५ बि १ नेपाल अन्तरगतको लायन्स क्लब अफ काठमाडौं मनास्लु गणेश हिमालले अपाङ्ग सेवा केन्द्रमा १ महिनालाई पुग्ने आवश्यक खाद्यान्न सामाग्रीहरु वितरण गरेको छ । संस्था स्थापनाको एक बर्ष पुगेको अवसरमा तारकेश्वर नगरपालिका स्थित अपाङ्ग सेवा केन्द्रमा ३२ जना फरक विशिष्ट क्षमता भएका महानुभावहरुलाई १ महिनालाई पुग्ने आवश्यक खाद्यान्न सामाग्रीहरु वितरण गरिएको हो ।

कार्यक्रममा संस्थाको अध्यक्ष लायन इन्द्रबहादुर भट्ट, सस्थापक अध्यक्ष लायन राजनप्रसाद काप्री, तथा चिफ डिस्ट्रिक एड्भाइजर लायनमनि रात्न बज्राचार्यले शुभकामना व्यक्त गरे । त्यस्तै, क्लस्टर–११ का प्रमख लायन मोहन भट्टराई, जोन–४५ का चिरपर्सन लायन भिम प्रसाद काप्री लगायतले शुभकामना व्यक्त गरेका थिए ।

क्लबले संचालन गरिरहेको गतिविधिहरु प्रशंसनीय रहेको र अरु क्लबलाई समेत प्रेरणा मिल्ने गरि सामाजिक कार्यहरु सम्पादन गरिरहेको भन्दै खुशी व्यक्त गरेका थिए। संस्थाको क्लब सर्भिस चियरपर्शन लायन अनिल ढकालले अग्रजहरुको तदारुकता र क्रियाशिलताले गर्दा सामाजसेवा गर्न प्रेरणा मिलेको र अझै उर्जावान भएको बताएका छन ।

यसैगरी क्लबका मार्केटिङ एण्ड कम्युनिकेशन चियरपर्सन तथा आजको कार्यक्रमको संयोजक लायन सुवोध रायमाझीले टिमवर्क र मनकारी मनका धनि व्यक्तिबाटै यो सबै सम्भव भएको र आगामी दिनमा क्लबका कामहरुलाई अझै प्रभावकारी बनाउन आफू प्रतिबद्ध रहेको बताए। अपाङ्ग सेवा केन्द्रका संस्थापक अध्यक्ष चन्द्रबहादुर खत्रिले लायन्स क्लब र यसले गरेको सहयोगहरुको खुलेरै प्रसंसा गर्दै धन्यावाद व्यक्त गरे ।

क्लबका सचिव जनकराज लामिछानेले सञ्चालन गरेको कार्यक्रममा क्लबका अध्यक्ष लायन इन्द्र भट्टले संस्थाको जन्मदिनको अवसरमा यस किसिमको सर्भिसको काम गरी सबैसंग खुशी साटासाट गर्न पाउँदा अत्यन्तै हर्षित भएको भन्दै सबैलाई धन्यावाद ज्ञापन सहित कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रिया