काभ्रे । बैकिंङ कसूर मुद्धामा ६ बर्ष देखि फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । नेपाल राष्ट्र बैंकको पत्रले वादी नेपाल सरकार र प्रतिवादी काभ्रे जिल्ला बनेपा नगरपालिका ४ श्रीखण्डपुर टोल बस्ने वर्ष ५६ की जयन्ती केसी समेत भएको छुट्टाछुट्टै बैकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको मिति ०७१ बैशाख २९ गतेको फैसलाले ९ करोड ४७ लाख ९२ हजार एक सय सोह्र रुपैया अठ्हत्तर पैसा जरिवाना र ३ वर्ष कैद र दुई करोड पैतिस लाख जरिवाना सहित ३ वर्ष कैद गरी जम्मा ११ करोड ८२ लाख ९२ हजार एक सय सोह्र रुपैया अठ्हत्तर पैसा जरिवाना र ३ वर्ष कैद सजाँय हुने ठहरभई फरार रहेका थिए ।
फरार रहेकी उनलाई असोज ८ गते ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले लुकीछिकी बसी रहेको अवस्थामा फेला पारेको बताएको छ । उनलाई तत्काल कानुन बमोजिम पक्राउ गरी आजै काभ्रे जिल्ला अदालत धुलिखेलमा पेश गरीएको र अदालतको आदेशले निज प्रतिवादी जयन्ती केसीलाई कैद जरिवाना भुक्तानको लागि कारागार कार्यालय धुलिखेल पठाईएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले बताए ।
प्रतिक्रिया