आज देशभर थपिए १ हजार ४९७ जना संक्रमित, निको हुने ४५७

काठमाडौं । बिहीबार १ हजार ४९७ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज १ हजार ४९७ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ६९ हजार ३०१ जना पुगेको छ । पछिल्लो पटक बिहीबार १ हजार ४९७ जना संक्रमित थपिएका हुन् । यसैगरी ५० हजार ४११ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा ४५७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा. गौतमले बताए । यही संक्रमित मध्येबाट ४५३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मृत्यु भएको हो ।

प्रतिक्रिया