हतारमा मैतालु मैसाब

गोकुल निरौला

कोरोनाको बीचमा धेरै महिनासम्म घरको कामले थकित भएकी मैतालुलाई दसैं मान्न माइती जाने मन छ कोरोनासँगै बलात्कारीबाट मुक्त गराई सुरक्षाको अनुभूति दे । तीन वर्षको अवधिमा चिया पानमा मात्रै २० अर्ब रुपैयाँ खर्च भएको देशमा लक डाउनलाई ब्यवस्थित गरी पेसा, ब्यवसायलाई खुला गरी दसैं, तिहार, छठ, मान्ने खर्च मजदुरले पाउन सके मात्र सरकार तिमी माइती, म मैतालु हुनेछु ।

पत्रकारिता पेसामा सबैभन्दा महत्वपूर्ण काम रिपोर्टिङ हो । नियमित रिपोर्टिङ छोडेको पनि आज ठ्याक्कै पाँच वर्ष पुगेछ । मैले पत्रकारिताबाट आफ्नो जीविकोपार्जन गर्न नसकेर जागिर छाडेको हुँ । नयाँ काममा ध्यान दिनु मेरो कर्तव्य थियो । बितेका चार वर्षदेखि मैले त्यही कर्तब्यलाई सम्हालिरहेको छु । तर, पत्रकारिताको धङधगी भने अझै छुटेको छैन । राजनीतिक विषयमा निरन्तर लेखिरहेको छु । प्राइभेट लिमिटेड कम्पनीको जागिरबाट केही दिनका लागि बिदामा घर जाँदै गर्दा लक डाउनले बाटोमै भेटेको थियो । म अघिअघि कोरोना पछिपछि मेरो जिल्ला बझाङ पुगेको हो । मसँगै धेरै साथीहरू गाउँ पुगेका थिए ।

तर, म नेपालबाटै गाउँ पुगे उनीहरू भारतबाट गाउँ आएका थिए । म गाडीबाट झर्दै गर्दा मलाई चिन्नेहरूले पत्रकारजी कोरोनाले हजुरलाई पनि लखेट्यो कि क्या हो ? भन्दै जिस्क्याएका थिए । मैले मुस्कुराउँदै होइन म व्यक्तिगत कामले आएको हुँ केही दिनमा गइहाल्छु भनेको थिएँ । कोरोनाले गर्दा चार महिनासम्म घरमै बस्न बाध्य बनायो । माइतबाट घर आउने मैतालुजस्तै केही डर केही हर्ष बोकेर आफ्नो कार्यक्षेत्रका लागि हिँडे । लगभग सात दिनमा आफ्नो कार्यक्षेत्र पुगेँ । भारतबाट आएकाहरूलाई क्वारेन्टाइनमा बस्न अनुरोध गरिए पनि म भने सरासर आफ्नै घर गएको थिएँ । अहिले आएर भारत जानु नपरेकोमा म आपूmलाई भाग्यमानी ठान्दछु । भारतबाट आएकाहरूलाई पहिले लाहुरे भनेर बोलाउँथे भने अहिले कोरोना कोरोना भनेर बोलाउँदा रहेछन् । मलाई आफ्नै साथीहरूलाई कसैले कोरोना भनेर बोलाएको निको लागेन । मैले समाजमा भएका कुरीति र भ्रष्टचारसँगै राजनीतिक मुद्दामा मात्रै लेख्न थालेको थिएँ । पत्रकारिता गर्दा सुनको खानी खोज्दाखोज्दै चाँदीको करुवा कहिल्यै खोज्ने कोसिस गरेको थिइनँ । कोरोना कहरले चाँदीको करुवाको आभास दिलाएको छ । चाँदीको करुवा नखोजेकोमा हाल कोरोनाको कहरमा पछुताउ लागको छ ।

कोरोनाले विश्वमा लाखौँ मानिसको ज्यान लिएको छ । विगत नौ महिनादेखि विश्वका विभिन्न देशमा लक डाउन लागेकै छ । नेपालले पनि सात महिनादेखि लक डाउनको मार खेपिरहेको छ । कोरोनाको औषधि बनेको छैन, मर्नेको संख्या पनि ज्यादै थोरै छ । कोरोना माहामारी हो कि हाउगुजी मात्रै हो भनेर बहस नै चलिरहेको बेला नेपालका प्रधानमन्त्रीले बेसारपानीको कुरा निकाले । एलोपेथिक र आयुर्वेदिक स्वास्थ्य संस्थाहरू अध्ययनमा लागिरहेका छन् । पछि बेसार मात्र नभएर गुर्जाे, लगायतका जडिबुटीको चर्चा हुन थालेको छ । स्वास्थ्यका दृष्टिले एलोपेथिक प्रविधिलाई सुनको खानी भने पनि आयुर्वेदिक स्वास्थ्यलाई चाँदीको करुवा भनेर भन्ने गरेको छु ।

एलोपेथिक र आयुर्वेदिक स्वास्थ्य उपचारको प्रविधि हेर्दै जाँदा म जन्मेको जिल्ला बझाङ सम्झन पुगेछु । म जन्मिँदा बझाङमा स्वास्थ्य संस्था भए पनि डक्टरले दिने सेवा सुविधा पाउने चलन थिएन जो हालसम्म पनि कायम छ । वैद्यको भरोसामा म जस्ता निम्नवर्गीय परिवारमा धेरै नवजात शिशुको जन्म भयो । कोही मरे, कोही म जस्तै गरी बाँचिरहेका छन् । मेरा बाले भन्नुहुथ्यो, तलाई मरेको हो भनेर रुवावासी चलेको थियो तर वैद्यले तेरो नाडी छामेर ओखति दिए र साससम्म फेरे पनि तीन दिनपछि मात्र रुन थालेको होस् । तँ त मरेर बाँचेको मान्छे होस् । मलाई आयुर्वेदिक स्वास्थ्य भनौँ कि वैद्यको बुटीले बचाएको हो । साथीहरू मलाई वैद्य बा भनेर बोलाउँथे । मलाई यो शब्द पनि खुब निको लाग्थ्यो ।

म अहिले पनि आयुर्वेदमा खुब विश्वास गर्छु । प्रधानमन्त्रीले भनेको बेसार र गुर्जोले कोरोना ठीक हुने भए नेपालका आयुर्वेदिक स्वास्थ्य संस्थालाई जागरुक गर्नुपर्छ । औषधालयको विकास क्रमलाई हेर्दै जाने हो भने बझाङमा जयपृथ्वीबहादुर सिंहले स्थापना गरेको खग औषधालय र जयपृथ्वी धर्म औषधालय पहिलो औषधालय थियो । यस औषधालयमा आयुर्वेदिक औषधि हुने गथ्र्यो । यी पुराना आयुर्वेदिक औषधालय नमासेको भए प्रधानमन्त्रीले बेसार पानीको कुरा गर्नु पर्दैनथ्यो सायद । देशभरी रहेका आयुर्वेद स्वास्थ्य संस्थालाई जागरुक गराएको भए कोरोनाबाट धेरै आत्तिनुपर्ने थिएन । सरकार एलोपेथिक औषधि फष्टाउँदै गएपछि आयुर्वेदिक प्रविधिलाई बिर्संदै गयो । धन्न अहिले आएर कोरोनाले गुर्जो, तुलसी, बेसार, अदुवालगायत आयुर्वेदिक औषधि चर्चामा ल्याइदिएको छ । सात महिनाको लक डाउन अवधिमा पाएको असुविधाको कुरा गर्दा पीडा मात्रै लेख्नुपर्ने हुन्छ । सात महिनाको यो अवधिमा सरकारले आरडिटी परीक्षणमा गरेको गल्ती, पिसिआर उपकरण खरिदमा गरेको भ्रष्टाचार धेरै ठूला कलंक हुन् । कमसल परीक्षण सामग्रीको खरिदले गर्दा नेपाली जनता सरकारप्रति निराश भए । म पनि निरासैनिरासाको बीचमा गत असारको पहिलो साता नै बझाङबाट वीरगञ्ज आइपुगेको थिएँ । लक डाउनको मध्य भागमा कति सकसका साथ वीरगञ्ज आइपुगियो भनि साध्य छैन । महँगो भाडा तिरेकोमा चित्त दुखे पनि ट्रकमा बसेर गरेको यात्रा भने रमाइलो थियो । बझाङबाट वीरगञ्ज आइपुग्दा हाराहारी २५ हजार रुपैयाँ खर्च भइसकेको रहेछ ।

लक डाउनको मौकामा यति महँगो भाडा तिरी यात्रा गर्ने को को छन् त ? सरकारी कर्मचारी छैनन् । नेता कार्यकर्ता छैनन् । लक डाउनको मारमा म जस्तै निम्नवर्गीय परिवारमा जन्मेका भुइँमान्छे न हुन । त्यसैले लकडाउनले हुने खाने भन्दा हुदाँ खानेहरूलाइ समस्या परेको छ । सरकारले जनतालाई सुविधाको नाममा असुविधा दिएर त्रास फैलाइरहेको छ । केही दिन पहिले रक्षाबन्धन गयो तराईमा रक्षाबन्धनलाई ठूलो चाड मान्ने चलन छ । सोह्रश्राद्ध सकिएको छ । अब लगातार दसँै तिहार, छठ आउँदै छन् । लक डाउनले थिलथिल पारेको अर्थतन्त्रले कस्तो असर पार्ने हो ? म जस्तै निम्न वर्गीयहरूले मनाउन पाउँछौँ कि पाउँदैनाँै ? मनमा प्रश्नहरू उब्जिरहेका छन् । सरकारले सात महिनापछि यातायात सञ्चालन ग¥यो । मैतालु मैसापहरू माइत जान हतार देखिँदै छन् । यत्तिका महिनासम्म लक डाउन सहेका जनताको मन साच्चिकै मैतालु मैसापको जस्तै हुनेछ । लामो समयसम्म घरको कामबाट छुट्टी लिएर तिजमा माइत जाँदै गरेकी मैतालुको जस्तै मन भएको छ नेपाली जनताको । यातायात ब्यावसायी भने मन खल्लो पार्दै गाडी चलाउन बाध्य छन् ।

कहिले लक डाउन खुल्छ र आफ्नो दिनचर्या सहज हुन्छ भनेर पर्खिरहेका जनताहरूलाई सरकारले राहत दिनु जरुरी छ । कोरोनाबाट मुक्ति पाउन प्रकृतिमैत्री होऔँ, आयुर्वेदिक औषधिलाई पनि विश्वास गरौँ, नेपालका आयुर्वेदिक संस्थाहरूलाई चुस्तदुरुस्त पारौँ भनेर कोरोनाले पाठ पनि सिकाएको छ । सरकारले अब लक डाउनको विकल्प खोज्नु जरुरी छ । जनतालाई निरुत्साही बनाउनु हँुदैन । खेतबारीमा धान पाक्दै गर्दा मैतालुले माइती सम्झेर रुने तर आफ्नो धानको बालाको मुख हेरेर चित्त बुझाउने गरेको जसरी नेपाली जनताले पनि दसँै हेर्दै रुने तर लक डाउन हेर्दै चित्त बुझाउने बाध्यता मुक्त गर्नु जरुरी छ ।

मलाई पत्रकारितामै जान मन छ, सरकार रोजगारीको ग्यारेन्टी गर । कोरोनाको बीचमा धेरै महिनासम्म घरको कामले थकित भएकी मैतालुलाई दसँै मान्न माइती जाने मन छ कोरोनासँगै बलात्कारीबाट मुक्त गराई सुरक्षाको अनुभूति दे । तीन वर्षको अवधिमा चियापानमा मात्रै २० अर्ब रुपैयाँ खर्च भएको देशमा लक डाउनलाई व्यवस्थित गरी पेसा, व्यवसायलाई खुला गरी दसँै, तिहार, छठ, मान्ने खर्च मजदुरले पाउनसके मात्र सरकार तिमी माइती, म मैतालु हुनेछु ।

प्रतिक्रिया