पूर्णकलाको आवाजमा पीडादायी गीत ‘रातो धागो’ सार्वजनिक

काठमाडौं । लोकदोहोरी गायिका पुर्णकला बिसीको मर्मस्पर्सी आवाजमा पीडादायी दशैँ गीत ‘रातो धागो’ सार्वजनिक भएको छ । गायिका बिसीलाई उक्त गीतमा अर्का गायक नारायण थापाले आवाजमा साथ दिएका छन् ।

नारायण थापाले नै संगीत गरेको गीतमा कृष्ण थापाको शब्द रचना रहेको छ भने सुदीप सागरले संगीत संयोजन गरेका हुन् । त्यस्तै, गीतको भिडियोमा बिष्णु भट्टराईको निर्देशन र छायांकन तथा सम्पादन पनि उनि आफैले गरेका छन् । उक्त भिडियोमा भर्खरै बुवा गुमाएकी हरेक कुरामा ट्यालेण्ट बालीका जिया भुसालले अभिनय गरेकी छन् ।

उनको साथमा अन्य कलाकारहरु सन्तोष शर्मा, परी शर्मा, नारायण थापा, प्रकाश रायमाझी, सुरज सुनार, जुद्ध भुसाल लगायतको पनि भिडिययोमा अभिनय रहेको छ । अविरल फिल्मस् नाम गरेको युट्यूब च्यानलमार्फत त्यस भिडियो सार्वजनिक गरिएको छ ।

रोजगारीको सिलसिलामा विदेशी भूमिमा श्रीमानले दुःख पाएको र घरमा श्रीमती र छोरा छोरीकाे विचल्ली भएको जस्ता शब्द उक्त गीतमा उठान गरिएको छ । बालीका जिया भुसालकै यथार्थ कथा विषयवस्तलाई शब्दमा बुनिएको छ । उनका बुवा पनि विदेशमा गएको र स्वदेश छुट्टीमा आउँदा बिरामी भइ उपचारकै क्रममा अस्पतालमै मृत्यु भएको थियो ।

ती बालीकाकै जिवनमा मेल खाने गरी आउँदै गरेको बडा दशैँको छेको पारेर यस गीत ल्याएको गायिका पूर्णकला बिसीले जानकारी दिइन् । गीतको शब्द अनुसार नै भिडियोमा पनि पीडादायी दृश्य दर्शाइएको छ । गायिका बिसी र गायक विष्णु खत्रीको आवाजमा यभन्दा अगाडि पनि यस्तै पीडादायी ‘रिनै रिनको’ दशैँ गीत बजारमा आएर चर्चित बनेको छ ।

प्रतिक्रिया