देशभर आज थपिए २ हजार २० जना संक्रमित, निको हुने ८७१

काठमाडौं । शुक्रबार देशभर २ हजार २० जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज २ हजार २० जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ६१ हजार ५९३ जना पुगेको छ । पछिल्लो पटक शुक्रबार २ हजार २० जना संक्रमित थपिएका हुन् । यसैगरी ४३ हजार ८२० जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा ८७१ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा. गौतमले बताए । यही संक्रमित मध्येबाट ३९० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको हो ।

प्रतिक्रिया