मुक्तिनाथ विकास बैंकको ई–टेलर सेवा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले कोरोना (कोभिड–१९) को विषम परिस्थितिमा ग्राहकले सुरक्षित बैंकिङ कारोबार गर्न मिल्ने ई–टेलर सेवा सञ्चालनमा ल्याएको छ । ई–टेलरमार्फत ग्राहकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग(इन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्नेछन् । यो सेवा बैंकको सबै शाखामा उपलब्ध हुने पनि विज्ञप्तिमा उल्लेख छ । उक्त सेवाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले गरेका हुन् ।

बैंकले नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले ई–टेलर सेवा सञ्चालनमा ल्याइएको हो । कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुनसुकै बैंकको एटिएमबाट विनाशुल्क रकम झिक्न सक्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया