नेपालमै सुरुङ इन्जिनियरिङ

गण्डकी प्रदेश सरकारको विशेष सक्रियतामा पोखरामा चट्टान तथा सुरुङ इन्जिनियरिङको पढाइ सुरु भएको छ । पाठ्यक्रम तयार गर्न १० लाख बजेट उपलब्ध गराएको गण्डकी सरकारले चालु वर्षमा कार्यक्रम सञ्चालनका लागि २० लाख बजेट विनियोजन गरेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरामा यसै शैक्षिक सत्रदेखि चट्टान तथा सुरुङ इन्जिनियरिङ विषयको स्नातकोत्तर कक्षा सुरु भएको हो । काठमाडौं विश्वविद्यालयले केही वर्षअघि स्नातकतहसम्मको शिक्षा दिँदै आए पनि कार्यक्रमका हिसाबले सुरुङ इन्जिनियरिङ पोखराको पहिलो हो । नेपालमै सुरुङ इन्जिनियरिङको पढाइ सुरु भएको समाचारले खुसी त छाएको छ नै तर हामी कति पछि परेका रहेछौँ ? भन्ने तथ्यलाई पनि उजागर गरेको छ । हाम्रोजस्तो पहाडी चट्टानी भौगोलिक अवस्था भएको मुलुकमा रेल, सडक, जलविद्युत्, सिँचाइलगायत जति पनि भौतिक पूर्वाधार निर्माणका काम गर्नुपर्छ सबैमा सुरुङ निर्माण अपरिहार्य छ । यो वास्तविकता आजभन्दा सय वर्षअघि नै उजागर भइसकेको हो । त्रिभुवन विश्वविद्यालय स्थापना भएको पनि ६० वर्ष नाघिसकेको छ, तर सुरुङ इन्जिनियरिङ विषय पढाउनुपर्छ भन्ने चेत अहिलेसम्म मुलुकका शासकहरूमा खुलेको रहेनछ । प्राज्ञहरूको थलो त्रिभुवन विश्वविद्यालयले समेत अहिलेसम्म यस विषयमा चासो दिएको रहेनछ । कति ठूलो विडम्वना ?

नेपालमा सुरुङ इन्जिनियरिङ पढाइ हुन्छ या हुन्न ? भन्ने विषयमा मुलुकको राजनीतिक नेतृत्वले थाह पाएको सात वर्ष अघि मात्रै हो । तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधी दक्षिण कोरिया र जापानको भ्रमणमा जाँदा सुरुङ मार्गको चकात्कार देखे । नेपालजस्तो पहाडी मुलुकमा सुरुङ संरचना अत्यावश्यक भएको निष्कर्षका साथ स्वदेश फर्केका उनले आफ्नो माताहतका प्राविधिकहरूसँग छलफल गरे । अनि थाह पाए, नेपालमा त पढाइ नै हु“दो रहेनछ । त्यसपछि सरकारले सुरुङ इन्जिनियरिङ पढाउने प्रबन्ध गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह ग¥यो । ढिलै भए पनि सुरुङ इन्जिनियरिङको पढाइ सुरु भएको छ । तर, शिक्षा प्रदान गर्ने जनशक्तिको चुनौती भने छ । प्रयोगात्मक कक्षाका लागि नेपाल टनेलिङ एसोसिएसन, हाइड्रो ल्याब, एनइए इञ्जिनियरिङ लगायतका विभिन्न संस्थास“ग सहकार्य गर्ने र उनीहरूको स्रोत साधन उपयोग गर्ने योजना रहेको जनाइएको छ । कार्यक्रमको कोर्ष सैद्धान्तिकभन्दा अधिकांश प्रयोगात्मक छ । सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाका लागि क्याम्पसले हाल विदेशमा रहेका नेपाली विषय विज्ञलाई नै आमन्त्रण गर्ने योजना बनाएको छ । विदेशमा रहेका नेपाली विज्ञले समेत अध्यापनका लागि आउने प्रतिबद्धता जनाएको क्याम्पसले जनाएको छ ।

कुल भूभागको करिब ८० प्रतिशत पहाडी क्षेत्र रहेको हाम्रो मुलुकमा सि“चाइ र जलविद्युत् आयोजना निर्माण गर्न सुरुङबाहेक अर्को विकल्प छ“दै छैन । ठूला र भरपर्दा खानेपानी अयोजना निर्माणका लागि पनि सुरुङ अपरिहार्य छ । नेपालमा अहिलेसम्म रेलमार्गको विकास भएको छैन । पहाडी क्षेत्रमा रेल मार्ग निर्माण गर्ने हो भने सुरुङबाहेक अर्को विकल्प छैन । तर, सडक निर्माणको क्षेत्रमा भने नेपालले सुरुङविना नै ठूलो फड्को मारेको छ । कच्ची र पक्की गरी करिब एक लाख किलोमिटर सडक निर्माण भइसकेको छ । तर, अब थप सडक निर्माणका लागि भने सुरुङको विकल्प नभएको दुई वटा कारणले प्रष्ट भएको छ । पहिलो कारण हो, ‘भूक्षयको समस्या ।’ भिरालो पहाडी सतहलाई खोपेर सडक निर्माण गरिएकै कारण मुलुकले पछिल्ला वर्षहरूमा भूक्षयबाट ठूलो जनधनको क्षति बेहोर्न थालेको छ । अब थप क्षति हुन नदिनका लागि पनि सुरुङ मार्ग निर्माण अपरिहार्य छ । अर्को कारण हो, ‘भौगोलिक दुरी ।’ सडक मार्गलाई बेँसी तथा उपत्याकाबाट पहाडको टुप्पोमा पु¥याएर फेरी ब“ेसी तथा उपत्याका झार्दा जति लामो हुन्छ, सुरुङद्वारा पहाड छेड्ने हो भने कैयौँ गुणा छोटो हुन्छ । उदाहरणका लागि निर्माणाधीन मध्यपहाडी राजमार्ग करिब १८ सय किलोमिटर लामो छ । ठाउँ–ठाउँमा सुरुङ मार्ग निर्माण गर्ने हो भने करिब एक हजार किलोमिटरमा झर्छ । त्यसैले सुरुङ संरचना निर्माणलाई सरकारले अभियानकै रूपमा अघि बढाउनुपर्छ ।

प्रतिक्रिया