गण्डकी प्रदेशमा थपिए ४४ जना कोरोना संक्रमित

गण्डकी । गण्डकी प्रदेशमा ४४ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिनेमा कास्कीको पोखरा महानगरपालिकाकाका ३४, रुपा गाउँपालिकाका चार, तनहुँको शुक्लागण्डकीका छ, लमजुङको मध्य नेपाल नगरपालिकाका तीन र स्याङ्जाको पुतलीबजार नगरपालिकाका एक जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

यससँगै यो प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या तीन हजार ६४ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया