भरतपुर अस्पतालको नयाँ प्रमुख मेसुमा डा. राजन पाण्डे

चितवन । चितवनको भरतपुर अस्पतालका नयाँ मेडिकल सुपरिटेण्डेन्टमा डा. राजन पाण्डे नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको मेसुमा डा. पाण्डेलाई नियुक्त गरेको हो ।

यसअघि अस्पतालमा डा. श्रीराम तिवारी मेसु रहेका थिए । यही भदौ २४ गतेको मन्त्रिस्तरको निर्णयबाट उनलाई अस्पतालका प्रमुख मेसुमा नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले जानकारी दिए ।

प्रमुख कन्सल्टेन्ट जनरल फिजिसियन डा. पाण्डे नेपालगञ्जको भेरी अस्पतालमा कार्यरत थिए । डा. पाण्डे एघारौँ तहका चिकित्सक हुन् ।

प्रतिक्रिया