कृषिमा रमाउदै २ दशक पत्रकारीता गरेका सुवेदी, भन्छन कृषि भन्दा ठुलो केहि छैन

पाँचथर । फिदिम नगरपालिका ४ थाक्लेमा उन्नत जातको घाँसले आमदानी दिन थालेको छ । थाक्लेका सुरेन्द्र सुवेदीले उन्नत जातको घाँस खेती गरेका हुन । सुवेदीले ‘सुवेदी पशुपालन फार्म’ खोलेर घाँस लगाएका छन । सुवेदीले घाँसबाट वर्षमा ३० दखि ४० हजार सम्म बिक्री गरेको सुनाए । उनको १५ रोपनी पाखाबारीमा नेपियर सुपर, मलाटो, सुनमा सेटारीया, स्टाइलो, ज्वाईटभेज, वदामे, निभारो, ईन्टु, भटमासे, मेन्दोला, देशमोडियम, किम्बु, लगायत २५ प्रजातिका उन्नत जातका पोसिलो घाँस लगाएका छन । घाँसको बिउ लिनका लागी कृर्षकहरु आएको र रकम लिएको सुवेदिले जनाए ।


उनी आफैले घाँसकाटेर बाख्रा र गाईलाई दिने गरेका छन । बिहानै उनी कृषी कर्ममा काम गर्छन, भने दिनभरी बाख्रा चराउन जान्छन । वोयर जातका बाख्रा र लोकलक्रस गरी ३० वटा बाख्रा पालेका छन । बाख्रालाई उन्नतजातको घाँस, चापटरले काटेर दिने गरेका छन । सुवेदीको घर बारी, छेछाउमा फलफुलका बिरुवाहरु लगायका छन । उनको बारिमा रुद्राक्ष, लिचि, आप, केरा, एवोकाडो, केरामा प्रजातीको पनि गाएका छन । उनले जि नाईन इजरायली जातका केरा लगाएका छन । मालभोग , चिनिचम्पा, जस्ता केराले आम्दानी दिन थालेको सुवेले बताए ।


सुवेदीले विगतमा २ दशक वढि पत्रकारीता गरेका हुन । पत्रकारीता पेसा छाडेर पशुपालन फाराम खोलेर उनी अहोरात्र खटीरहेका छन । उनले भने, ‘अबको बाटो उन्नती र समृद्धि तिर हो, कृषि पेशाभन्दा ठुलो अरु छैन ।’ सुवेदीले खुमलटार कृषि अनुसन्धान परिसद खुमलटारबाट आयातित धान परिक्षणका लागि जि साठि, कालोधान, लगाएका छन । यो धानको चामल नेपालमा ८ सय रुपैया केजि सम्म र बिदेश तिर केजीको २५ सय बिक्री हुने उनले बताए बताए ।

 

सवेदीले पशुपालनमा, पशु अस्पतालबाट एकलाख अनुदान लिएर सूरु गरेको जनाए । अब सुवेदीलाई घाँस ढुवानीका लागी मिनि पावर टिलर आवस्यकता रहेको पनि बताए । सुवेदीले भने, ‘घाँस बोक्दा बोक्दा हत्तु भइयो घाँस ढुवानि गर्नउपकरण आवश्यकता परेको छ ।’ सुवेदीकोे कृषी पेसाबाट छिमेकीहरु पनि प्रभावित बनेका छन । आगन अगाडि सुरेन्द्रका बढिबाका छोरा डिल्ली प्रसाद सुवेदीले पनि २२ वटा बाख्रा र १२ घार महुरीपालन गरेका छन । उनको आमदानी महबाट वर्षमा ५० हजार हुने गरेको सुवेदीले बताए ।

 

प्रतिक्रिया