मुगुका सुरक्षाकर्मी र सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री सहयोग

मुगु । कोरोना भाईस रोकथाम तथा नियन्त्रणको लागि अग्र स्थानमा खटिने सुरक्षाकर्मी र सञ्चारकर्मिहरुलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । खटिने जिल्लाका क्रियाशिल सञ्चारकर्मी र नेपाल प्रहरीलाई मानअधिकार तथा वातवरण विकास केन्द्र हेरिन्डेक नेपालका अध्यक्ष राजु कार्कीको पहलमा मनधरी फाउन्डेसन नेपालले स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणमा दिनरात खटिरहने नेपाल प्रहरी तथा यो महामारीको प्रवाह नगरी समाचार संकलन गर्न हिँड्ने जिल्लामा रहेका क्रियाशिल सञ्चारकर्मीलाई प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाको रोहबरमा हिरेन्डेक नेपालका मेनेजर नब रावतले जिल्ला प्रहरी कार्यालयका प्रनाउ भुवनेश्वर प्रसाद शाह र नेपाल पत्रकार महासंघका अध्यक्ष नृपेन्द्र बहादुर मल्ललाई बुधबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

यस महामारी रोकथामका लागि आफ्नो ज्यानको प्रवाह नगरी ड्युटीमा खटिने सुरक्षाकर्मी र जिल्लास्थित सञ्चारकर्मीलाई काम गर्न उर्जा थपियोस् भन्ने उद्देश्यले हिरिन्डेक नेपालका अध्यक्ष राजु कार्कीको पहल तथा मनधरी फाउन्डेसन नेपालको आर्थिक सहयोगमा खरिद गरी पठाएकोे स्वास्थ्य सामग्रीहरु मध्य नेपाल प्रहरीलाई २८ थान पिपिई, २८ फेसियल सेट, ९ सय पिस सर्जिकल मास्क, १ सय १२ पिस साबुन र ९ थान फस्टेड सेट तथा जिल्लास्थित १७ जना क्रियाशिल सञ्चारकर्मीहरुलाई एक–एक थान फस्टेड बक्स आफ्नो रोहबरमा हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले जानकारी दिए ।

महासंघका जिल्ला अध्यक्ष नृपेन्द्र बहादुर मल्लले यो महामारीमा आफ्नो साथै घरपरिवारको वास्ता नगरी समाचार संकलनका लागि फिल्डमा खटिरहने पत्रकारहको लागि मनघरी फाउण्डेसले उपलब्ध गराएको फस्टेड बक्समा रहेका सामग्रीहरुले पत्रकारहरुलाई फिल्डमा खटेका बेला हुनसक्ने सम्भावित दुर्घटना र जोखिमबाट बच्न सहयोग पुग्नुका साथै काममा अझ जिम्मेवार बनाउने विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया