प्युठान । जिल्लामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा स्वर्गद्वारी नगरपालिकाका ३ र नौबहिनी गाउँपालिकाका १ गरी थप ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्युठानका फोकल पर्सन पुष्कल श्रेष्ठले बताए ।
उक्तथपसँगै जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या ४ सय २१ पुगेको छ । संक्रमितहरु १८ वर्ष देखी ४४ वर्ष उमेर समुहका रहेको स्वास्थ्य कार्यालय प्युठानले जानकारी दिएको छ ।
मंगलबारसम्म ३ सय ७४ जना संक्रमितहरु निको भएर घर गएका छन । त्यस्तै जिल्लामा १ जनाको मृत्यु भइसकेको छ भने ४६ जना सक्रिय संक्रमितहरुको सम्बन्धि स्थानीय तहको आइसोलेसनमा उपचाररत रहेका छन् । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया