जनकपुरधाम । धनुषा जिल्लाको गङ्गुली क्वारेन्टाइनमा कोरोना संक्रमितको परीक्षण चिकित्सकले नगरी सरसफाइ सहयोगीबाट गराइएको घटना सन्दर्भमा क्वारेन्टाइनका चिकित्सक टोलीलाई प्रादेशिक अस्पताल जनकपुरधाम झिकाइएको छ ।
कोभिड–१९ का धनुषा संयोजक डा. जामुनप्रसाद सिंहका अनुसार संक्रमितलाई सरसफाइ सहयोगीले परीक्षण गरेको घटनामा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मी टोलीलाई प्रादेशिक अस्पताल झिकाइएको छ ।
उनले भने, ‘घटना सन्दर्भमा सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको छ, सो बारेमा सत्यतथ्य छानबिन गरी थप विवरण २४ घण्टाभित्र सार्वजनिक गरिनेछ । रिक्त स्वास्थ्यकर्मी टोलीका ठाउँमा नयाँ टोली आजै पठाइने जनाइएको छ ।
प्रतिक्रिया