खोजखबर

मनमैजुमा चक्कु हानेर ज्यान लिने पक्राउ

सौर्य अनलाइन २०७७ साउन ३१ गते १३:१२ मा प्रकाशित

काठमाडौंं । काठमाडौंको मनमैजुमा चक्कु हानेर नुवकोटका लक्ष्मण तामाङको हत्या गर्ने मुख्य व्यक्ति आङदोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

दोलखा घर भएका आङदोर्जेलाई मनमैजु क्षेत्रबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाबाट प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए ।

शुक्रबार साँझ सुमन गोर्खा खाजा घरमा ‘गर्लफेन्ड खोसेको’ विवादमा दुई समूहबीच झडप हुँदा शेर्पाले चक्कु प्रहार गर्दा लक्ष्मणको मृत्यु भएको थियो । नुवाकोटका २४ वर्षीय लक्ष्मणको शव ग्रिनसिटी अस्पतालमा राखिएको छ ।

बालाजुको सुकुम्बासी बस्तीमा बस्ने हत्या आरोपी आङदोर्जेबारे अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ । दोर्जेको समूहका तीनजनालाई प्रहरीले शुक्रवार राती सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय