२४ घण्टामा थपिए ५९४ जना संक्रमित, डिस्चार्ज भए २४० जना

काठमाडौं । शुक्रबार ५९४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आज ५९४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या २५ हजार ५५१ जना पुगेको छ ।

पछिल्लो पटक शुक्रबार जना संक्रमित थपिएका हुन् । यसैगरी १७ हजार ७७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा २४० जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा. गौतमले बताए । यही संक्रमित मध्येबाट ९९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया