कोरोनाबाट कोशी अस्पतालमा एकको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण कोशी अस्पताल विराटनगरमा थप एकजना मृत्यु भएको छ । सिराहको विष्णुपुर गाउँपालिका– १ घर भएका ४० वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो ।

कोशी अस्पतालमा भर्ना भएका उनलाई बिहीबार नै कोरोना पोजेटिभ देखिएको थियो । बिहीबार राति करिब सवा ८ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

गम्भिर अवस्थामा बिहीबार कोशी अस्पताल भर्ना भएका उनमा श्वासप्रश्वास र निमोनियाको समस्या थियो । उनको शरीरमा रगतको कमी पनि देखिएको अस्पतालले जनाएको छ ।

मृतकको बिहीबार दिउँसो स्वाब संकलन गरिएको परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी गरिएको थियो । तर धरानले बेड खाली नभएको बताएपछि कोशी अस्पतालको आइसोलेसनमै राखिएको थियो ।

योसँगै मोरङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ । ९ मध्ये ६ जनाको कोशी अस्पतालमै मृत्यु भएको हो ।

प्रतिक्रिया