इंग्ल्यान्डलाई सिरिज जित्ने अवसर

लण्डन । तीन खेलको टेष्ट सिरिज अन्तर्गत पाकिस्तान र इंग्ल्यान्डबीचको दोस्रो खेल बिहीबारदेखि साउथह्याप्टनमा सुरु भइरहेको छ ।

पहिलो टेष्टमा इंग्ल्यान्ड तीन विकेटले विजयी भएको थियो । इंग्ल्यान्ड एक खेल अगावै १० वर्षपछि पाकिस्तानविरुद्ध टेष्ट सिरिज जित्न चाहान्छ । इंग्ल्यान्डले सन् २०१० मा घरेलु मैदानमा पाकिस्तानलाई चार टेष्ट सिरिज ३–१ ले हराएको थियो । त्यसयता पाकिस्तानले दुई जित्दा तीन बराबरीमा सकिएका छन् ।

यूएईमा २०११र१२ मा भएको तीन टेष्ट सिरिजमा पाकिस्तानले क्लिनस्विप गरेको थियो । २०१५÷१६ मा यूएईमै तीन टेष्ट सिरिज पाकिस्तानले २–० ले जितेको थियो । त्यसयता सिरिज बराबरीमा सकिएका छन् ।

पाकिस्तानले पहिलो टेष्टमा पहिलो इनिङमा ब्याटिङमा उत्कृष्ट प्रर्दशन गरेपनि दोस्रो इनिङमा खराब प्रर्दशन गरेको थियो । त्यसैको कारण पहिलो इनिङमा १ सय ७ रनको अग्रता लिएपनि जित निकाल्न सकेन । इंग्ल्यान्डको टोलीमा पारिवारिक कारण उप (कप्तान बेन स्टोक्स छैनन् । त्यसको फाइदा पाकिस्तानलाई पुग्न सक्छ ।

स्टोक्सको स्थान युवा ब्याट्सम्यान ज्याक क्रलीले लिने सम्भावना छ । यद्यपि बलिङलाई सुदृढ पार्न चाहे स्टोक्सको स्थानमा युवा अलराउन्डर साम करनले खेल्नेछन् । यसो हुँदा इंग्ल्यान्डले जोफ्रा आर्चरको स्थानमा मार्क वुडलाई खेलाउन सक्छ । आर्चरले पहिलो टेष्टमा ४ विकेट लिएका थिए । इंग्ल्यान्डको टोलीमा अन्य परिवर्तनको सम्भावना कम छ ।

म्यानचेस्टरमा दुई स्पिनरका साथ मैदान उत्रेको पाकिस्तान साउथह्याम्पटनमा यासिर शाहलाई मात्र खेलाउन सक्छ । याशिरले दुवै इनिङमा ४–४ विकेट लिएका थिए । पहिलो टेष्टमा शादबले ६० रन बनाउनुको साथै २ विकेट लिएका थिए । पाकिस्तान चार तीव्र गतिका बलरका साथ मैदान प्रवेश गर्ने सम्भावना पनि छ । शादबको स्थानमा अनुबभी तीव्र गतिका बलर सोहेल खानलाई खेलाउन सक्छ । खानले तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् ।

विकेटकिपर मोहम्मद रिजवानको स्थानमा पूर्वकप्तान शरफराज अहमदलाई मैदान उतार्न सक्छ । रिजवानले पहिलो टेष्टमा ३६ रन बनाएका थिए । पहिलो टेष्टमा दुवै कप्तान चल्न सकेका थिएनन् । पहिलो टेष्टमा १८ रन बनाएका कप्तान अजहर अलीलाई ठूलो इनिङ खेल्नै पर्ने दबाब छ । इंग्ल्यान्डका कप्तान जो रुटले पहिलो टेष्टमा पहिलो इनिङमा १४ र दोस्रोमा ४२ रन मात्र बनाएका थिए । रुटलाई सुरुवाती राम्रो सुरुवातलाई ठूलो इनिङमा बदल्न आवश्यक देखिन्छ ।

पहिलो इनिङमा राम्रो ब्याटिङ गर्दै ६९ रनमा आउट भएका उप कप्तान बाबर आजम पाकिस्तानका प्रमुख ब्याट्सम्यान हुन् । बाबरलाई आफ्नो टेष्टको २ हजार रन पूरागर्न ७६ रन आवश्यक छ । दोस्रो टेष्ट खेलमा इंग्ल्यान्डमा पाकिस्तानको इतिहास राम्रो छैन । सन् २००० यता इंग्ल्यान्डमा पाकिस्तानले दोस्रो टेष्ट खेल ४ पटक हार्दा १ पटक मात्र जितेको छ ।

प्रतिक्रिया