‘तिम्रो साथी बुलेट’ मा विपिन, पर्मिला र प्रतिक्षा

काठमाडौं । एक गीतको भिडियोको अभिनयमा बाल कलाकार विपिन मिजार, पर्मिला बिसी र प्रतिक्षा परियार एकसाथ देखिएका छन् ।

उनिहरुले चर्चीत गायिका मेलिना राई र गायक विश्व नेपालीले गाएको ‘तिम्रो साथी बुलेट’ गीतको भिडियोमा एकसाथ अभिनय गरेका हुन् ।

त्यस्तै, मेक्तन कालुले शब्द रचना गरेको गीतमा देव पुनले संगीत भरेका हुन् । यसैगरी सुरेश चौधरीले निर्देशन गरेकोे उक्त भिडियो अर्जुन चापागाइँ, परवेश, पृतम, बिजय, सन्दिप लगायतले खिचेका छन् ।

सोही भिडियोमा अभिनय गर्ने १५ वर्षीय किशोर विपिन मिजारले कोरियोग्राफर गरेका हुन् । उक्त भिडियो ‘मनसुधा’ नामक युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया