गोंगबु हत्याकाण्डमा कल्पनाको बयानः फेसबुकमा दुःख दिन थालेपछि मारिदीएँ

काठमाडौं । सोमबार काठमाडौंको गोंगबु नजिकै गणेशथानमा एक पुरुषको हत्या गरेकी महिलाले आफूलाई ती मृतक पुरुषले सामाजिक सञ्जाल फेसबुकमा नराम्रा फोटो पठाएर दुःख दिन थालेपछि हत्या गर्न बाध्य भएको प्रहरीलाई बयान दिएकी छन् ।

दाङ जिल्ला घर भई हाल काठमाडौं बस्दै आएका कृष्णबहादुर बोहोरा नाम गरेका व्यक्तिकाे हत्यामा संलग्न ती कल्पना शाही नाम गरेकी महिलाले नक्कली फेसबुक आईडी बनाएर मृतकले आफूलाई दुःख दिन थालेपछि हत्या गर्न बाध्य भएको आज प्रहरी समक्ष बयान दिएकी हुन् ।

मृतक ती पुरुषले अश्लिल तस्वीरहरु नक्कली फेसबुक आईडी बनाएर सार्वजनिक गर्न थालेपछि र आफू अनुकूल चल्न दबाव दिन थालेपछि हत्या गरेको बयान ती महिलाले बयान दिएको अपराध अनुसन्धान महाशाखा प्रमुख दीपक थापाले बताए । हत्या गर्ने महिलालाई प्रहरीले चितवनको टाँडीबाट पक्राउ गरेको हो ।

उनलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । उनले हत्या गरेको  वयान दिएको प्रहरीले जनाएको छ । हत्या गरेपछि महिलाले मृतक बोहोराको टाउको र खुट्टा जेब्रा झोलामा र ज्यान शुटकेसमा प्याक गरेर सडक किनारमा शव व्यवस्थापन गरेकी थिइन् । यसबारे प्रहरीले अझै अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया