अभिनेता सञ्जय आइसियुमा

मुम्बई । बलिउड अभिनेता सञ्जय दत्तलाई शरीरमा अक्सिजनको कमी भएपछि अस्पताल भर्ना गरिएको छ । ६१ वर्षीय अभिनेता दत्त मुम्बइस्थित लीलावती अस्पताल भर्ना भएका हुन् ।

शनिबार अस्पताल भर्ना गरिएलगत्तै उनको कोभिड १९ परीक्षण गरिएको छ । जसको रिपोर्ट नेगेटिभ आएको छ । उनलाई आइसियु वार्डमा राखिएको अस्पताल स्रोतले जनाएको छ । भारतीय सञ्चार माध्यमका अनुसार अभिनेता दत्तको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएका छन् ।

प्रतिक्रिया