साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सोमबारको उक्त मन्त्रिपरिषद् बैठकमा कोरोनासम्बन्धी महत्वपूर्ण निर्णय हुनसक्ने नेकपा स्रोतले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा यसअघिका निर्णय कार्यान्वयनको सवालमा केही संशोधन हुनसक्ने जनाइएको छ ।

यसअघि सत्तारुढ दल नेकपाको सरकारले आगामी भदौ १ गतेदेखि हवाई उडान र लामो एवं छोटो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्नेसमेत निर्णय गरेको थियो ।

तर, पछिल्लो समय कोरोना संक्रमणले तीव्ररुप लिएपछि कोभिड १९ संकट व्यवस्थापन केन्द्रले उक्त निर्णय कार्यान्वयनको लागि १५ दिन पछि सार्न निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया