कमलामाई र चीनको मेसान सिटीबीच सम्बन्ध स्थापना

सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका र चीनको सिचुवान प्रान्तस्थित मेसान सिटीबीच मैत्रीपूर्ण सहयोग सम्बन्ध स्थापना भएको छ । बुधबार आयोजित भर्चुअल समारोहमा कमलामाईका मेयर खड्ग खत्री र मेसानका मेयर ह्यु आनखुनले समझदारीपत्रमा हस्ताक्षर गर्दै दुई नगरबीच आपसी हितका आधारमा मैत्रीपूर्ण सहयोग आदान–प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्झौता अवधि पाँच वर्षका लागि भए पनि त्यसलाई निरन्तरता दिन चाहे नवीकरण गर्न सकिने भनिएको छ । हस्ताक्षर समारोहमा नेपालतर्फ संघीय सांसद गणेश पहाडी, प्रदेश सांसद विनोद खड्का, नेकपा केन्द्रीय सदस्य मनोजजंग थापा, पूर्वमुख्यसचिव एवं चीनका लागि पूर्वराजदूत लीलामणि पौडेल, कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटा, नेपाली कांग्रेसका सिन्धुली सभापति उज्ज्वल बराल लगायतको सहभागिता थियो । चीनतर्फ चिनियाँ कम्युनिस्ट पार्टी मेसान सिटीका उप–सचिव ह्युयाङ जिन्दोङसहित त्यहाँका अधिकारीहरूको सहभागिता थियो ।

प्रतिक्रिया