सुनसरीमा निषेधाज्ञा जारी

इनरुवा । सुनसरीमा बिहीबार बिहानैबाट निषेधाज्ञा जारी गरिएको छ । बुधबार राति १२ः०० बजेदेखि लागू हुने गरी साउन २६ गते राति १२ः०० बजेसम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए ।

लकडाउन उल्लंघन गर्दै सडकमा भीडभाड भएको भन्दै कोरोना सङ्क्रमण फैदिन नदिन तथा यसलाई नियन्त्रण गर्नका लागि निषेधाज्ञा जारी गरिएको उनले बताए ।

निषेधित क्षेत्र घोषणा भएपछि जनता घर बाहिर निस्किएर हिँडडुल गरेको पाएमा संक्रमक रोग ऐन २०२० तथा प्रचलित कानूनबमोजिम सजाय हुनेसमेत प्रजिअ पोखरेलले बताए । अत्यावश्यक सेवा, स्वास्थ्यकर्मी र सरकारी सेवाबाहेक अरू कसैलाई घर बाहिर ननिस्कनसमेत जिल्ला प्रशासन कार्यालयले अपिल गरेको छ ।

प्रतिक्रिया