निर्मलाको परिवारले न्याय पाउने कहिले ?

यस घटनामा धेरैले दुःख पाए, धेरैको टाउकोमा आरोपको बिल्ला लाग्यो । जनस्तरबाट उच्च तहसम्ममा मान्छेमा शंकाले हेरियो । अनुसन्धानका क्रममा धेरैका डिएनए संकलन र परीक्षण भए तर, वास्तविक अपराधी पत्ता लागेन । कैयौँ आयोग बने, धर्ना, जुलुसदेखि संसद्सम्म यसले हंगामा गर्यो । प्रहरीका अधिकृतहरू धेरै फेरिए, न प्रहरीले अपराधी पत्ता लगाउन सक्यो न सरकारले घटनाका बारेमा वास्तविकता यहि हो भनेर जवाफ दिनसक्यो

निर्मला पन्तको बलात्कारपछि हत्या भएको गत साउन १० गते दुई वर्ष पुगेको छ । कञ्चनपुरकी बालिका पन्तको बलात्कार तथा हत्या अभियोगमा सुरक्षा निकाय व्यक्तिदेखि धेरैलाई अनुसन्धान गरियो, यस क्रममा कैयौँ प्रहरी अधिकृतका जागिर गए, कैयौँ निलम्बित मात्रै भएनन् प्रहरी हिरासतमा समेत बसे । तर, घटनाको दुई वर्ष पार गर्दा प्रमाण लोप गरेको आरोप लागेका प्रहरी अधिकारीहरूले भने सफाइ पाएका छन् । ढिलै भए पनि उनीहरूले न्याय पाएको भनिएको छ ।

घटनाका बेला कञ्चनपुरका प्रहरी प्रमुख रहेका एसपी डिल्लीराज विष्टसहित आठ जना प्रहरी अधिकृतविरुद्ध दर्ता भएको सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा उनीहरूले जिल्ला अदालत कञ्चनपुरबाट सफाइ पाएका हुन् । कञ्चनपुर जिल्ला अदालतले दुवै मुद्दामा प्रहरी अधिकारीलाई सफाइ दिएको छ । तर, निर्मलाका परिवारले भने न्याय पाएका छैनन । उक्त मुद्दाका वास्तविक अपराधि कहाँ सुरक्षित छन् कसैले पत्तो पाएको छैन । न त यसको चित्तबुभ्mदो जवाफ नै ।

प्रहरी अधिकृतहरूले सफाइ पाएको अवस्थामा केही प्रश्न उब्जिएको छ । ‘प्रहरीले सफाइ पाए, निर्मलाको परिवाले न्याए कहिले पाउने ?’ कुनै पनि घटनामा सयौँ अपराधी छुटुन, तर, एक निरअपराधिले सजाय नपाउन भनिन्छ । यस मुद्दामा पनि प्रहरी अधिकृत निर्दोष हुनसक्लान् र उनीहरूले ढिलै भए पनि न्याए पाए होलान । तर, निर्मलाको जुन ढंगले बलात्कारपछि हत्या गरियो त्यो कम निन्दनीय कार्य थिएन, यसमा जति निन्दा गरे पनि कम हुन्छ । तर, खोइ त उनको परिवारले न्याए पाएको ? कहिले पाउने हो पन्त परिवारले न्याय र छोरीप्रति गरिएको निर्मम बलात्कार र हत्याका अपराधीले कानुनी सजाय पाएको हेर्ने ! प्रश्न गम्भीर र चोटिलो छ ।

उक्त घटनाका आरोपित तत्कालीन एसपी विष्टसहित डिएसपी अंगुर जिसी र ज्ञानबहादुर सेटी, इन्सपेक्टर एकिन्द्र खड्का, जगदीश भट्ट, सई हरिसिंह धामी, रामसिंह धामी र हवल्दार चाँदनी साउदले प्रमाण नष्ट गरेको आरोप लागेको थियो । के उनीहरूलाई विनाकारण आरोप लागेको थियो, किन ? कसैलाई पनि विनाकारण आरोप लगाउन पाइन्छ ? यो पनि पेचिलो प्रश्न छ । तर, निरुउत्तर । न्यायको फैसला सुनाउनेले यसलाई पनि प्रट्याएको भए राम्रो हुन्थ्यो ।

जेजे आरोपमा दोषीको घेरामा परेर निलम्बित भएका प्रहरी थिए उनीहरू सबैले सफाइ पाएका छन् । उनीहरूलाई निर्दोष सावित गर्न दुई वर्ष लाग्यो, उक्त घटनाका अपराधी पत्ता लाग्न कति समय लाग्ला ? निर्दोष सावित भएकाहरूले सफाइ त पाए उनीहरूप्रति चाहिँ न्याय भयो कि भएन ? त्यसको क्षतिपूर्ति कसले दिने ? निर्मलाको आत्माले न्याय पाउन पर्छ कि पर्दैन ? म त्यही न्यायालयलाई सोध्न चाहान्छु । उनीहरूलाई किन सफाइ मेरो प्रश्न होइन, निर्मलाले न्याय नपाएकोमा आपत्ति हो । र प्रश्न पनि त्यही हो ।

आरोप लागेका प्रहरी अधिकृतहरूले सफाइ पाएसँगै प्रहरीलाई हत्याकाण्डबारे थप अनुसन्धान गर्न र प्रमाण जुटाउन सजिलो भएको भनिएको छ । यदि त्यसै हो भने उनको परिवारले न्याय पाउने आस पलाएको छ । पीडितका पक्षमा लेख्ने, बोल्नेहरूले अब अपराधी पत्ता लाग्छ कि भन्ने सोच्न थालेका छन् । तर, यति जघन्य अपराधमा लामो समय किन ल्याङल्याङ गरियो । कतै घटनालाई अन्तै मोडने चाल त थिएन ? वा यस घटनालाई लिएर उठेका विरोधका स्वर मलिनो भएकाले यी सबै गरिँदै छ । यसमा पनि शंका निवारण भएको छैन ।

यस घटनामा धेरैले दुःख पाए, धेरैको टाउकोमा आरोपको बिल्ला लाग्यो । जनस्तरबाट उच्च तहसम्ममा मान्छेमा शंकाले हेरियो । अनुसन्धानका क्रममा धेरैका डिएनए संकलन र परीक्षण भए तर, वास्तविक अपराधी पत्ता लागेन । कैयौँ आयोग बने, धर्ना, जुलुसदेखि संसद्सम्म यसले हंगामा ग¥यो । प्रहरीका अधिकृतहरू धेरै फेरिए, न प्रहरीले अपराधी पत्ता लगाउन सक्यो न सरकारले घटनाका बारेमा वास्तविकता यहि हो भनेर जवाफ दिन सक्यो । एकप्रकारले गुपचुपजस्तै बनेको छ यो घटना, आखिर किन बनाइँदैै छ गुपचुप ? बालिका बलात्कार र हत्याका अपराधी पत्ता लगाएर सजाय दिँदा कसलाई हानी नोक्सानी पुग्छ ?

घटनाले दुई वर्ष पार गरेको छ । कञ्चनपुर, सेती अञ्चल र प्रदेश–७ मा धेरै प्रहरी अधिकृतहरू फेरिए । अझ प्रहरीको उपल्लो तहमा नै नेतृत्व फेरिएको छ । कहाँ छ एउटी अवोध वालिकालाई बलात्कार गरी हत्या गर्ने अपराधी ? जबसम्म वास्तविक अवराधीले कानुनी सजाय पाउँदैन यो प्रश्न उठिरहन्छ । अनि खोइ सडक र सदनमा उठेका ती बुलन्द आवाज, कहाँ हराए ? हजारौँपटक, लाखौँपटक उठे पनि यसका पक्षका आवाज सुस्ताउन हुँदैन । आज न्याय प्रहरीलाई मात्रै होइन, निर्मलाको आत्म र उनको परिवारलाई पनि चाहिएको छ । जसले हाम्रो छोरी चेलीप्रति फेरी पनि कसैले यस्तो अपराध गरेमा कानुन छ । प्रहरीको गर्विलो अनुसन्धान छ । न्यायालयमा विवेक छ भन्ने आभास दिलाओस् । शंका र निरासा उत्पन्न नहोस् ।

आरोपित प्रहरी अधिकृतले न्याय मरेको रहेनछ भने, हो मर्न दिन पनि हुँदैन अब निर्मलाको परिवारले पनि त्यसै भनेको सुन्न र हेर्न मन छ । निर्मलाको परिवारले कहिले न्याय पाउने ? फेरि लेख्न मन छैन, मन छ त ‘ढिलै भए पनि निर्मलाको परिवारले न्याय पाए ।’ न्यायालयमा शंका गर्ने प्रहरीको अनुसन्धानमा विश्वास टुटने अवस्था बन्न हुँदैन । न्यायालय र प्रहरीप्रति नै विश्पास गुम्यो भने नागरिकले कहाँबाट सुरक्षाको अनुभूति गर्ने ? उनको आमाले कहिलेसम्म न्यायालयको ढोका ढक्ठकाइरहने ? यसलाई टुंगो लगाउँदा आइपर्ने क्षति प्रहरी, न्यायलय र सरकारलाई पर्दैन होला !

यो मुद्दामा उठने एउटै दह्रो प्रश्न हो । प्रहरी तिम्रो अनुसन्धानमा किन त्रृटी भयो ? वा कसैले रोकेको छ गहिरिएर अनुसन्धान गरी वास्तविक अपराधीलाई बाहिर ल्याउन । होइन भने प्रहरी र सुरक्षाका विभिन्न अंग छन्, तीनको काम कुनै पनि अपराधमा संलग्नलाई अनुसन्धान र गिरफतार गर्नु हो । निर्मला हत्या तथा बलात्कारको घटना सामान्य होइन्, यसमा किन भएन प्रभावकारी खोज अनुसनधान ? काहाँ चुक्यो प्रहरीको संयन्त्र ? हजारौँ प्रश्न उठे । सिंगो प्रहरी संयन्त्रको अनुसन्धान प्रकृयामा औँला उठिरहँदा किन सकिएन अपराधी पहिचान गर्न ?

प्रहरीसँग न्यायालयमाथि प्रश्न उठेको छ, जुन दिन पत्नीलाई मार्ने तत्कालीन डिआइजी रञ्जन कोइरालालाई अदालतले भारी सजाय छुट गर्दे रिहा गराएपछि । के अब हत्या र बलात्कारका मुद्दा यसै गरी सेलाउँदै र बिराउँदै जाने हुन् ? होइन भने आमनागरिकलाई प्रहरी र न्यायालय कहिल्यै बिक्दैन, अनुसन्धानमा चुक्दैन, पावर र पैसाले अधराधी जागिदैन भन्ने अनुभूति दिलाउनका लागि पनि यस्ता मुद्दामा गम्भीर हुनैपर्छ । कानुनको दृष्टिमा सबै समान छन् भन्ने कुराको अनुभूति सबैले गर्न पाउनुपर्छ । जनस्तरबाट खबरदारी उठेपछि अनुसन्धान गरे झैँ गर्ने, काममा सिन्को नभाच्ने शैलीको अन्त्य गर्नै पर्छ । यसमा तत् ठाउँहरू जिम्मेवार भएर काम गर्ने हो भने एउटा केसमा अनुसन्धान गरी अपराधि पत्ता लगाउन नसक्ने प्रहरीले अरू के के गर्लान् ? फेरी प्रश्न गर्न नपरोस् । निर्मलाको आत्म र उनको परिवारले पनि चाँडै न्याय पाउन् । [email protected]

प्रतिक्रिया