‘सम्बन्धलाई थप उचाई दिन तयार’

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको विकास र स्थायित्वका निम्ती रचनात्मक योगदान गर्न तयार रहेको बताएका छन् । उनले नेपाललाई चीनले उच्च महत्व दिएको पनि उल्लेख गरेका छन् ।

६५ औं नेपाल–चीन कुटनीतिक सम्बन्धको वर्षगाँठको अवसरमा दुवै देशका राष्ट्रपतिले आदानप्रदान गरेको सन्देशमा सीले सो कुरा उल्लेख गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारी बधाई सन्देश पठाउँदै राष्ट्रपति सीले दुई मुलुकका जनताहरुलाई बढी फाइदा पु¥याउने र यस क्षेत्रको स्थिरता र विकासमा सकारात्मक योगदान दिने बताएका हुन् । स्थिरता र विकासमा सकरात्मक योगदान पु¥याउन समकक्षी भण्डारीसँग काम गर्न आफू तयार रहेको बताउदै यसले दुई देशका नागरिकलाई धेरै फाइदा दिने पनि उनको सन्देशमा उल्लेख छ ।

सीले राष्ट्रपति भण्डारीलाई पठाएको सन्देशमा दुई मुलुकले कूटनीतिक सम्बन्ध स्थापना भएदेखि एकअर्कालाई सम्मान र समान व्यवहार गरेको, राजनीतिक रुपमा आपसी विश्वास र गहन रुपमा पारस्परिक सहयोग गरिरहेको बताएका छन् । राष्ट्रपति सीले चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइ दिन तयार रहेको पनि बताएका छन् ।

यसैबीच, राष्ट्रपति भण्डारीले समकक्षी सीलाई सन्देश पठाएर राष्ट्रपति सी, चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई ज्ञापन गरेकी छन् । सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी हुन् ।

राष्ट्रपति सीले गत अक्टोबरमा गरेको नेपालको ऐतिहासिक राजकीय भ्रमण तथा त्यस अवसरमा दुवै देशले आपसी सम्बन्धलाई अझ उन्नत तुल्याउन विकास र समृद्धिका लागि चिरस्थायी मैत्रीयुक्त सहयोगको रणनीतिक साझेदारीको निर्णय गरेका स्मरण राष्ट्रपति भण्डारीले गरिन् । सन्देशमा राष्ट्रपति भण्डारीले गत अप्रिलमा आफ्नो चीन भ्रमणका दौरान महत्वपूर्ण सम्झौता र समझदारी भएको बारेमा पनि स्मरण गराएकी छन् । उनले हासिल गरेको प्रगति र समृद्धिको सराहाना गर्दै चीनले तय गरेको दुई शताब्दीको लक्ष्यहरु सकार गर्न सफलताको काम गरिन् ।

परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति भण्डारीले राष्ट्रपति सीलाई तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी र प्रधानमन्त्री ली केकियाङलाई बधाई सन्देश पठाएका छन् । यस्तै, लीले प्रधानमन्त्री ओलीलाई पनि सन्देश पठाएका छन् । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चीनका परराष्ट्रमन्त्री वाङ यीले पनि एकअर्कालाई बधाई सन्देश दिएका छन् ।

प्रधानमन्त्री ओलीले पनि सीलाई पठाएको बधाई सन्देशमा दुई मुलुक बीच युगौदेखिको गहिरो सम्बन्धलाई जोड दिँदै नेपालले लगातार रुपमा एक चीन नीतिलाई कायम राखेको बताए । ओलीले चीनले जहिले पनि नेपालको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रतालाई सम्मान गरेको पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीले यसअघि राष्ट्रपति सीले गरेको नेपाल भ्रमण र आफ्नो सन् २०१६ र सन् २०१८ मा चीन भ्रमणका दौरान भएका सहमति र सम्झौतालाई स्मरण गर्दै त्यसलाई कार्यान्वयनमा लाने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले ती भ्रमणका क्रममा भएका पारवहन यातायात सम्झौता र यसको प्रोटोकल, नेपाल–चीन सीमापार रेलवे परियोजनाको सम्भाव्यता अध्ययन लगायतका पूर्वाधार विकास र कनेक्टिभिटीलाई बढावा दिइ द्विपक्षीय सम्झौता र द्विपक्षीय सहयोग अभिवृद्धि गर्न महत्वपूर्ण रहेको बताएका छन् ।

बेल्ट एन्ड रोड (इनिसिएटिभ) पहलको सराहना गर्दै प्रधानमन्त्री ओलीले यसले बहुआयामिक कनेक्टिभिटी नेटवर्क अन्तरगत पर्ने कुराहरु लगायतका विकास एजेन्डाको लागि नेपाललाई एउटा महत्वपूर्ण आधार प्रदान गरेको बताएका छन् ।

प्रतिक्रिया