दानराजको शुभसाइत

काठमाडौं । डिएस डिजिटल सिनेमाको ब्यानरमा निर्माणमा चलचित्र ‘दानराज’ को भद्रकाली मन्दिरमा शुभसाइत गरिएको छ । चलचित्रमा गीतकार शंकर अधिकारी घायलको प्रस्तुति तथा शत्रुघन अन्सारी, कल्याण रत्न कार्कीको निर्माण, चेतन घिमिरे र सावर अधिकारीको सहनिर्माण रहेको छ ।

चलचित्रमा दानराज चौलागाईं, सुनिता दाहाल, सोनाली ताम्राकार, करुणा श्रेष्ठ, रविन श्री, गंगा कुवँर, रवि खड्का, सागर गुरु चौलागाईं, तृष्णा खडका, रमेश डिसी, शत्रुघन अन्सारी, कल्याण रत्न कार्की, मुना कुँवर राणाको अभिनय रहने निर्माण पक्षले जनाएको छ । त्यस्तै, चलचित्रमा सफलता चौलागाईं, स्वस्तिक चौलागाईं बालकलाकारको भूमिकामा रहने निर्देशक शंकर अधिकारी घायलले बताए ।

‘दानराज’ मा कृष्ण पाण्डेको छायांकन, देव महर्जनको द्वन्द्व, विश्वास भण्डारीको सम्पादन, राम केसी र सन्दिप भुजेलको नृत्य रहने छ । मुस्कान रेग्मी र राजन श्रेष्ठको सहनिर्देशन रहने यो चलचित्र १५ भदौबाट छायांकनमा जाने निर्माण पक्षले जनाएको छ । पूर्वको धरानबाट सुटिङ थालिने यस चलचित्रमा समावेश गीतमा सुरेश अधिकारी नित्याशिवा, पुरुषोतम न्यौपाने सन्तोष जिविको आवाज रहने छ ।

प्रतिक्रिया