पाँचथरका विद्यालयमा कमप्युटर जडान सम्पन्न

पाँचथर । भौतिक पूर्वाधार, यातायात तथा सहरीविकास मन्त्री वसन्त कुमार नेम्वाङको पहलमा पाँचथरका ६ वटा विद्यालयहरुमा कम्प्युटर जडान सम्पन्न भएको छ । विद्यालयलाई डिजिटल विद्यालय बनाउने उद्देश्यले संघीय सांसद हुँदै नेम्वाङले योजना बनाएका थिए ।

जडान गरिएका कम्प्युटर मलेसियन ब्रान्डेड समेत रहेको पाईन्छ । जडान गरीएका विद्यालयहरुमा फिदिम नगरपालिकाको फिदिम माविलाई ब्रान्डेड कम्प्युटर २४ थान, हिलिहाङ पालिकाको सिदकालिका माविलाइ २४ थान, फालेलुङ पालिकाको कालिका माविलाई २४ थान, मिक्लाजुङ गाउपालिका को भगवती माविलाई २४ थान,कुम्वायक पालिका को पृथीवि मावि यासोक लाई २४ थान ,फिदिम नगरको फेदायक माविलाई २४ थान लगायत विद्यालयहरुमा कम्प्युटर जडान गरिएको हो ।

प्रत्येक विद्यालयलाई ३५ लाखका दरले जडान गरिएको फिदिम माविका प्रअ विनोदकुमार ठाकुले बताए । ठाकुरका अनुसार दुरसञ्चार प्राधिकरण केन्द्रीय कार्यालयबाट जडान सम्पन्न भएको हो । डिजिटल प्रविधिले विद्यालयका बालबालिकाहरुलाई शिक्षण सिकाई, अध्ययन–अध्यापनलाई सहजीकरणमा टेवा पुग्ने प्रअ ठाकुरको भनाइ छ ।

प्रतिक्रिया