‘कोरोना जित्छु, समाजको भेदभाव जित्न सक्दिन’

कालिकोट । कोरोनाको शंका भएका युवक किरण अधिकारी गुनासो जस्ताको तस्तैः विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम बिस्तारै नेपालका विभिन्न भाग हुँदै कर्णाली प्रदेशमा प्रवेश भयो । अझै कर्णाली कालिकोट जिल्लामा पनि कोरोनाको प्रभाव र संक्रमण झन्झन् देखिन थाल्यो । थुप्रै शैक्षिक संस्था, कार्यालय, व्यवसाय तथा विकास निमार्ण का कार्य हरु ठप्प भए कोरोनाकै कारण ।

गत चैत ११ गतेदेखिको बन्दाबन्दी र जोखिम को समयमा बन्दाबन्दीले नछोएको दुईवटा अनुहार मात्रै प्रायः देखिन्थे । पत्रकार र सुरक्षाकर्मी हो । म त्यही पत्रकार अनुहारभित्र पर्छु । एउटा स्थानीय सञ्चार संस्थामा काम गर्ने पत्रकार हुँ । रेडियोमा काम गरिरहेको हुँदा ग्रामिण भेगका आम जनसमुदायहरुलाइ कोरोनाबाट बच्ने उपायहरु फुक्दै हिँड्ने मान्छे म आज आफै एक पुष्टि भईनसकेको कोरोना संक्रमितको जिवन जिउँदै छु ।

मलाइ विश्वास थिएन सबैलाइ बच्नुपर्छ भन्दै हिँड्ने मान्छे सावधानीका उपायहरु सिकाउँदै हिँड्ने मान्छे आफैँ क्वारेन्टाइनको जिवन जिउँछु भन्ने कल्पनासम्म पनि थिएन । यसै भन्दा मलाई परीक्षण नहुँदा सम्मको लागि कोरोना लागिसकेको छ है भन्ने अवस्था त छैन । तर, यद्यपि मलाई कोरोना भएको पुष्टि भएको खण्डमा जिवन सायद कल्पना गरेभन्दा पनि फरक हुने कुरामा मेरो दुईमत छैन ।

त्यसैले क्वारेन्टाइन बसिरहँदा एउटा फरक सिकाइ भएको छ । सबै कुरा पोजेटिभ मात्रै नभयर नेगेटिभ हुनु पनि आवस्यक हुँदो रहेछ । सबैको लागि सकरात्मक हुनुपर्छ भन्ने धारणा राख्ने मान्छे म आजभोलि कोरोना नकरात्मक भेटियोस् भन्ने प्राथना गरिरहेको छु । रेडियोकै काम विशेषले असार महिनाको २३ गते मैले कालिकोट जिल्लाको सदरमुकाम मान्म जान यात्रा तय गरेँ । साथमा मेरो आफ्नै काका पनि हुनुहुन्थ्यो ।

जिल्लाकै नाम चलेको रेडियोको म्यानेजर साथै जिल्लाकै एक क्रियाशिल पत्रकार भित्र उहाँ पनि पर्नुहुन्थ्यो । सायद त्यही दिन देखिको यात्रा क्वारेन्टाइनमा बसिरहँदा पनि छुटेको छैन । छुटेको छ त केवल भेटघाट र बाटोमा हिँड्दाको जस्तो कुराकानी मात्रै । सदरमुकाम आइसकेपछि काम गरिरहँदा पनि सबै राम्रैसँग काम सम्पन्न गरियो ।

त्यस क्रममा मलाइ जिल्लाकै पत्रकार तथा हास्यकलाकार हस्त चौलागाईंले पनि सहयोग गर्नुभयो । दिउँसो सँगै छलफल र सरसल्लाह गरेर काम गर्ने खाना सँगै खाने र कहिलेकाहीं एउटै ओछ्यान को सुताइ हुन्थ्यो । त्यहि क्रममा मैले काम गर्ने गाउँपालिकाको सवारी चालक उमेश धितालसँग पनि भेटघाट र खानपिन सँगै हुन्थ्यो । कामको दृष्टिकोणले हामी कोही सानो तथा ठूलो भए पनि मित्रताको ब्यावहारमा हामी साथि जस्तै थियौँ । अलिकति उमेरले पाको र अनुभवले अग्रज भएको हुँदा मेरो काका खडानन्द अधिकारीले गार्जेनको भूमिका निर्वाह गर्नुहुन्थ्यो ।

काकीले खाना पकाउने र घर ब्याबहार गर्ने गर्नुहुन्थ्यो । स्कुल कोरोनाकै कारण बन्द भएपछि साना दुइ भाइहरु स्कुल खुल्ने दिन गन्दै हामीसँगै बस्थे । मान्ममा बसिरहँदा मैले खबर पाएँ, म काम गर्ने गाउँपालिकामा त क्वारेन्टाइनमा बसेका मानिसहरुको कोरोना परीक्षण नेगेटिभ देखियो र आइसोलेसनमा बसेकाहरु पनि निको भएर घर फर्किएछन् ।

केहि दिन पछि गाउँपालिकामा कोरोना विशेषले खटिएका डक्टरहरुको खादा–माला ओडाएर बिदाइ गरियो भन्ने सुनेपछि मन भित्र खुशीका ज्वारभाटाहरु उफ्रिन थाले । मानौँ मनको नदिमा मा खुशीका बाढीहरु आएजसरी वर्षाको समयमा कर्णाली, सप्तकोसी र नारायणी नदिमा बाढी आउँछ । जसरी नदिमा बाढि आउँछ, त्यस्तै मेरो मनमा आएको खुशीको बाढी पनि धेरै दिन टिकेन । सायद वर्षाको भेल जस्तै आएको खुशी पनि टन्टलापुर घाममा सुकेको नदि जस्तै भएर क्षणभरमै गायब भयो ।

असार महिनाकै २८ गते बिदाइ भएर जाने डाक्टरहरुलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा छोड्न गाडी चालक उमेश धिताल पनि जुम्ला जानुभयो । डाक्टरलाई छोडेर बेलुका सदरमुकाम फर्किएका चालक धितालका पसिनाले निधार र टाउकोका रौँ पनि भिजेका थिए । हतार–हतारमा मैले सोधेँ के भयो ?’ उहाँले निकै थाकेको महसुस् गरिरहनुभएको थियो । उहाँ थोरै बोल्नु भयो ।

त्यसको भोलिपल्ट जुम्ला गएका डाक्टरहरुको कोरोना परीक्षण भएछ । डाक्टर टंक आचार्यलाई कोरोना पोजेटिभ देखिएछ । ३० गते बिहानै आफ्नो र रेडियोको काम सकेर म अफिस जाँदै गर्दा मात्रै थाहा भयो डाक्टर आचार्यलाइ कोरोना देखियो भनेर संजोगवस त्यस दिन पनि हामी चारै जना सँगै थियौँ । काका खडानन्द अधिकारी, साथी हस्त चौलागाईं, चालक उमेश धिताल र म सदरमुकाम मान्मबाट ११ किलोमिटर टाढा तेर्स्रो बजारमा म भन्दा पहिल्यै मोटर साइकलमा उमेश र हस्त पुगिसकेका थिए ।

केहिसमयपछि म पुगेँ । मलाइ पनि त्यो कुरा त्यतिबेलासम्म थाहा थिएन । म पुगेको केहिसमय पछि अंकल पुग्नुभयो । तिनजना सँगै भएर केही मुखामुख भयो । छोटो संवाद पछि पत्रकार साथी हस्तले अंकलको कानैमा गएर सर यो नम्बरमा फोन गर्नु भन्नुभयो । उतिबेलासम्म मलाई थाहा थिएन के भईरहेको छ भनेर । केही समय पछि अंकलको फोन संवाद सकियो । अंकले गरेको फोन डाक्टर टंक आचार्यसँग रहेछ, पछि थाहा भयो । उहाँलाई कोरोना पोजेटिभ देखियो । कुराकानी पछि तीनै जना म भएतिर आउनुभयो ।

सबैको अनुहारमा फरकपन थियो । सधैँको चञ्चले हस्त मौन हुनुहुन्थ्यो । हाँसिरहने उमेश एकोहोरीएका थिए । मानौँ एक नमिठो घटना घटे जस्तै । सबैका नराम्रा अनुहारको वास्तविकता बुझ्न मलाई पलभर पनि लागेन । उमेशले छोडेर आएका डाक्टरको कोरोना पोजेटिभ देखियो । डाक्टरसँग घुलमिल भएका उमेश अनि उमेशसँग घुलमिल भएका हामी सबैलाइ एकै छिनमा डरको पहाड सामु उभ्याइदियो । मनमा कुरा खेलाउँदै अफिससम्म पुग्ने हिम्मत जुटाएर हिँडेका हामी त्यही बेलुका सदरमुकाम तिनतारे होटल चन्द्रसुर्यको यएकान्त कोठामा बास बस्न आइपुग्यौँ । घुलमिल छ भन्ने थाहा पाएका अफिसका कर्मचारीको व्यबहार पहिले भन्दा फरक थियो ।

प्रतिक्रिया